PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लकडाउनमा हेलिकप्टरमार्फत् बिरामीको उद्धार



पहिलोपोस्ट

लकडाउनमा हेलिकप्टरमार्फत् बिरामीको उद्धार

काठमाडौं : गत चैत ११ बाट देशमा लकडाउन छ। त्यसका कारण लामो तथा छोटो दूरीका यातायात प्रभावित रहे। अत्यावश्यक भनिएका सञ्चार माध्यम, अस्पताल लगायत सेवाका सवारी खुला रहने भनिए पनि टाढाका विरामी काठमाडौं उपत्यका वा अन्य शहरमा उपचारका लागि समयमै ल्याउन मुश्किल रह्यो। यो अवस्थामा प्रभु हेलिकप्टरले बिरामीहरुको उद्धार गर्‍यो।

पन्ध्र दिने लकडाउन अवधिभर भएका चार उडानमध्य सबै बिरामीको उद्धारका लागि भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल मेनेजर नोबेलकुमार राजलवटले जानकारी लिए।

तीमध्य एक मुटुको बिरामीलाई बिराटनगरबाट काठमाडौंस्थित गंगालाल अस्पताल, एक मुटुकै बिरामीलाई पोखराबाट काठमाडौं ह्याम्स हस्पिटलमा ल्याइएको हो।

त्यस्तै रामेछापको उमाकण्डा गाउँपालिकामा राहतको लागि खाद्यान्न बोक्दै गर्दा ट्याक्टर दुर्घटना भइ घाइते भएकालाई काठमाडौंको ट्रमा सेन्टर ल्याइयो। त्यस्तै अर्को उडान म्याग्दिको गुर्जाबाट पोखरासम्म गरिएको हो।

राजलवटका अनुसार उद्धारका लागि सरकरी निकायसँग समन्वय गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell