PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

अमिताभले कोरोना प्रभावित एक लाख मजदुरलाई सहयोग गर्ने



पहिलोपोस्ट

अमिताभले कोरोना प्रभावित एक लाख मजदुरलाई सहयोग गर्ने

बलिउड महानायक अमिताभ बच्चनले कोरोना भाइरसको माहामारीबाट सबैभन्दा बढी प्रभावित विपन्न मजदुर वर्गलाई खाद्यान्न सहयोग गर्ने भएका छन्। अमिताभले दैनिक ज्याला मजदुरी गर्ने एक लाख मजदुरलाई राशन दिने घोषणा गरेका हुन्।

उनले सोनी पिक्चर नेटवर्क र कल्याण ज्वेलर्ससँग मिलेर ठूलो परिमाणमा सहयोग गर्ने जानकारी ट्वीटरमार्फत दिएका छन्। जसअन्तर्गत एक लाख मजदुरलाई खाद्यान्न दिइनेछ।

सोनी पिक्चर नेटवर्कले पनि सोमबार जारी गरेको वक्व्यमा भनिएको छ, 'देशमा अहिलेको विषम परिस्थितिमा जुन समस्या देखिएको छ, त्यसलाई मध्यनजर गर्दै अमिताभ बच्चनको अभियान 'वी आर वान' अर्थात 'हामी सबै एक'लाई सोनी पिक्चर नेटवर्क र कल्याण ज्वेलर्स समर्थन गर्छ। र एक लाख दैनिक ज्यालादारी मजदुरलाई महिनाभरी राशन दिने घोषणा गर्दछौं।'

अमिताभले आफ्नो 'वी आर वान' अभियान सफल बनाउन कैयौ हाइपर मार्केट र ग्रासरी स्टोरसँग समन्वय गरेका छन्। अल इण्डिया फिल्म इम्प्लोइज कन्फेडेरेसनका सदस्यहरुलाई पनि डिजिटल कुपन वितरण गरिरहेका छन्। यस्तो गर्नुको पछाडि खान नपाएकाहरुसम्म राशन पुर्‍याउने लक्ष्य रहेको छ।

अमिताभले 'वी आर वान' अभियानबारे आज राती ९ बजे विस्तृत जानकारी दिने पनि बताएका छन्।

कोरोना भाइरसको महामारीका बेला बलिउडमा अक्षय कुमार, ऋतिक रोशन, करण जौहर, अजय देवगनजस्ता कलाकारले पनि ठूलो धनराशी सहयोग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell