PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

लकडाउनले रक्सौलमै रोकिए रुकुमका १३ जना



राधेश्याम पटेल

लकडाउनले रक्सौलमै रोकिए रुकुमका १३ जना

वीरगंज : नेपाल–भारतमा जारी लकडाउनको कारण वीरगंजको सीमावर्ती बजार रक्सौलमा १५ जना नेपाली फसेका छन्। उनीहरु मध्ये १३ जना रुकुम र दुई जना पर्सा जिल्लाको रहेको बताइएको छ।

बिहारको बोधगायामा मजदुरीको काम गर्दै आएका रुकुमका १३ जना ५ दिनअघि देखि रक्सौलस्थित हजारी मल स्कूल(अपदा केन्द्र)को क्वारेन्टाइनमा बसिरहेको रक्सौलबाट हिन्दूस्तान दैनिकका संवाददाता दीपक अग्निरथले बताए।

उनका अनुसार रुकुमका १३ जना मध्ये केही बालबालिका र महिलासमेत रहेको उनले बताए। त्यसैगरी, भारतको पटनाबाट उपचार गराई घर फर्किरहेका वीरगंज–१० रानीघाटका पवन गुप्ता र निजकी आमा गरी दुई जना थप फसेका छन्।

उनीहरलाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा बस्ने सबैको खाना र बासको व्यवस्था सन्तोषजनक रहेको भारतीय महावणिज्य दूतवास वीरगंजका अधिकारीहरुको दावी छ।

वाणिज्यदूत तथा मिडिया संयोजक सुरेश कुमारले भने,‘मैले रक्सौल गएर सबै व्यवस्थापनको अनुगमन गरी सबैसँग भेटघाट गरेर फर्केको छु, सबै जनाको बसाई सन्तोष जनक छ, परिवारजनले डराउन पर्दैन।’

क्वारेन्टाइनमा बस्नेहरुको रक्सौल प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसि) का डाक्टर मुराद आलमले नियमति स्वास्थ्य परीक्षण गरिरहेको र सबैको अवस्था ठीक रहेको बताइएको छ। रक्सौलमा फसेका नेपालीहरुलाई रक्सौल नगर परिषद्का पदाधिकारीहरुले खानाको व्यवस्था मिलाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell