PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

'भर्चुअल संसद'को माग गर्दै गगनले भने : सरकारी वेथितिविरुद्ध सांसदले प्रमलाई प्रश्न सोध्ने व्यवस्था मिलाउनुपर्‍यो



पहिलोपोस्ट

'भर्चुअल संसद'को माग गर्दै गगनले भने : सरकारी वेथितिविरुद्ध सांसदले प्रमलाई प्रश्न सोध्ने व्यवस्था मिलाउनुपर्‍यो
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले प्रविधिका माध्यमबाट प्रधानमन्त्री तथा मन्त्रीहरुसँग सांसदको प्रश्नोत्तरको व्यवस्था मिलाउन माग गरेका छन्।

बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले 'भर्चुअल संसद'को माग गरेका हुन्।

थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम प्रारम्भ गर्नुपर्ने धारणा राखेका छन्। त्यसैगरी ती समितिमार्फत सरकारले विपत्तिको मौकामा गर्न खोजेका वेथितिविरुद्ध प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको बताएका छन्।

थापाले ट्वीटरमा लेखेका छन्, 'हाम्रोमा पनि प्रविधिको प्रयोग गरेर संसद चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम गर्न प्रारम्भ गर्नुपर्छ। अनि प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको छ।

गगनले बेलायतको उदाहरण दिँदै नेपालमा सरकारबाट भएका स्वास्थ्य सामग्री खरीद लगायत वेथितिविरुद्ध बोल्न भर्चुअल संसदको माग गरेका बेला सरकार भने संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्नतिर लागेको छ।

सोमबारको मन्त्रिपरिषदले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ। कोरोना भाइरसको कारण चैतको पहिलो सातादेखि अधिवेशन बस्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell