PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

लकडाउनका बीच यसरी चलिरहेछ दैनिकी...

लकडाउनका बीच यसरी चलिरहेछ दैनिकी...

अमित मचामसी/पहिलोपोस्ट


देश १४ दिन देखि लकडाउनमा छ। संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण नेपालमा फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो।

लकडाउनको प्रभाव सबैतिर परेको छ। मानिस सामाजिक प्राणी भएकाले पनि यसको प्रभाव हाम्रो सामाजिक व्यवहारमा परेको छ। लकडाउनका बावजुद पनि हाम्रो दैनिकी भने चलिरहेको नै छ।

शहरमा लकडाउनको उल्लंघन गर्दै बेपर्वाह हिँडडुल गर्नेहरुलाई प्रहरीले रोकेको छ। तर, ग्रामिण भेगको अवस्था भने अलि फरक छ। त्यहाँ मानिसहरु गाईवस्तु हेर्न जानेदेखि मेलापातसम्म गरिरहेका छन्।

शहरमा कतैकतै केही मानिसहरु भेला भएर टाइम पास गरिरहेको पाइयो। त्यस्तै मानिसहरु पूजाआजा गर्न मन्दिर जाने गरेका पनि छन्। त्यसबाहेक स्वास्थ्यकर्मी तथा सरसफाईका कर्मचारीहरु सतर्कता अपनाएर काममा खटिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell