PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

जति ढिलो परीक्षण, कोरोना संक्रमणको जोखिम उति बढ्ने चिकित्सकको चेतावनी : तर, परीक्षण किन कछुवा गतिमा?



प्रकाश भण्डारी

जति ढिलो परीक्षण, कोरोना संक्रमणको जोखिम उति बढ्ने चिकित्सकको चेतावनी : तर, परीक्षण किन कछुवा गतिमा?
फाइल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १० मा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्‍यो। सम्मेलनमार्फत सार्वजनिक गरियो फ्रान्सबाट आएकी काठमाडौंकी एक किशोरिलाइ कोरोना संक्रमण देखियो। माघ १० मा पहिलो संक्रमित भेटिएदेखि दुई महिनासम्म ६ सय १० जनामा कोरोना जाँच गरिएको थियो। 

पहिलो केस भेटिएदेखि चैत २४ सम्म झण्डै अढाई महिना अर्थात ७४ दिनसम्म पनि न्युन संख्यामा मात्रै परीक्षण गरियो। आइतवारसम्म जम्मा १ हजार ६ सय ५६ को कोरोना जाँच भएको छ।

औसतमा एक दिन २३ जनाको परीक्षण भइरहेको छ। केही दिन यता पहिलेको तुलनामा परीक्षण बढे पनि उल्लेख्य संख्यामा कोरोना परीक्षण गरिएको छैन। देशभर आइतबार देखि २४ घण्टाको अबधिमा सोमवार सम्म १ सय ६८ जनाको कोरोना जाँच गरियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका १० ठाउँबाट परीक्षण थालिएको छ।

चैत २२ गतेको मन्त्रिपरिषदको बैठकले चैत महिनाभित्र विदेशबाट आएकाको र्‍यापिड डाइगोनोस्टिक टेष्ट(आरडिटी) गर्ने निर्णय गरेको छ। सरकारले कन्चनपुर, कैलाली र बाग्लुङमा देखिएका संक्रमितको सम्पर्कमा आएकाकोको तथा क्वारेन्टाइनमा बसेकाको परीक्षण गरिने निर्णय गरेको थियो। चैत महिनामा विदेशबाट आउने सबैको परीक्षण गरिने भनिएको भए पनि अहिलेसम्म संक्रमितहरुसँगै एउटै प्लेनमा आएकाको समेत परीक्षण गर्न सकेको छैन।

पहिलोपटक पुस २२ मा नोभल कोरोना भाइरसको पहिचान भएर फागुन २८ मा विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वव्यापी माहामारीको घोषणा गरुन्जेल सरकारले गम्भीरताका साथ लिएन। देशभित्र दोस्रो कोरोनाको संक्रमित देखिएपछि मात्र चैत ११ मा सरकारले लकडाउनको घोषणा गर्‍यो।

जति ढिलो परीक्षण उति धेरै जोखिम कोरोना संक्रमणको

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन जति धेरै ढिलो परीक्षण गरियो उति धेरै कोरोना संक्रमणको जोखिम हुने बताउँछन्। 'कुनै योजना या निर्णय बनेको छ भने तत्कालै कार्यन्वयन गर्नुपर्छ। महामारीका बेलामा के हुन्छ भने जति धेरै ढिलो हुँदै गयो त्यति नै संक्रमणको जोखिम बढ्छ', उनले भने।

पुनले लक्षण नदेखिएका मानिसमा पनि कोरोना हुनसक्ने विषय अध्ययनले पुष्टि गरिसकेक बताए। उनी पछिल्लो समय विदेशबाट आएका तथा उनीहरुको सम्पर्कमा रहेका सबैको परीक्षण नगरिए नेपालमा पनि जोखिम बढ्दै जाने बताउँछन्।

पहिलोपोस्टसँगको कुराकानीका क्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले कम जाँचले कोरोना संक्रमणको जोखिम बढी हुने बताएका थिए। उनले एकैपटक धेरै संक्रमित भएमा नियन्त्रण गर्न ठुलो चुनौति हुने बताए। धेरै जसोलाई ५ जनामात्रै त हुन संक्रमित भनेर खुसी लागेको देखेँ। तर मलाई डर नै यसमा छ। बरु एकसय दुइसय संक्रमित भएको भए म त्यति डराउने थिइनँ। अब त के खतरा छ भने एकैपटक हजार जना संक्रमित देखिए भने के गर्ने। कहाँ राख्ने हजार जनालाई?

किन गरिएन धेरैको परीक्षण

लकडाउन भएपछि मात्रै सुदुरपश्चिमममा भारतबाट अवैध बाटो धेरै मान्छे नेपाल आएको समाचार आइरहेका छन्। त्यसैगरी आउनेलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गर्नुका साथै कोरोना परीक्षण गर्नुपर्ने माग उठे पनि सरकारले परीक्षण गर्न सकेको छैन।

ठुलो संख्यामा किन कोरोना परीक्षण गरिएन त?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की कोरोनाका शंकास्पदको मात्रै परीक्षण गरिँदा संख्या थोरै भएको बताउछन्। भन्छन्, 'अहिले सबैलाई कोरोनाको परीक्षण गर्ने हो भने भोलि धेरैलाई परीक्षण गर्नुपर्ने बेला झन समस्या हुनसक्छ।'

उनी कोरोनाको शंका लागेजतिलाई परीक्षण गरिएको दाबी गर्छन्। 'जसले कोरोना फैलियोस् भन्ने चाहने हो उसले मात्र हो थोरैको परीक्षण गरिँदा त त्रास बढी छ भन्ने छ।'

उनी कुनै लक्ष्यण नै नदेखिएकालाई कोरोना परीक्षण नगरिँदा पनि थोरै संख्यामा मात्रै परीक्षण भएको बताउँछन्। उनको तर्क छ,'युरोप अमेरिकामा लुकाएर कोरोनाका बिरामी लुकेको छ र। हामीले परीक्षण नगरेको भए त बजारमा अहिलेसम्म बिरामी छ्यापछ्याप्ती आउनुपर्ने हो नि। त्यसैले हामीले लक्षण दखिएका जतिको परीक्षण गरेका छौं।

एक डेढ सयको कोरोना परीक्षण गरेर र्‍यापिड टेस्टको गुणस्तर मापन गरिँदै

अहिले बजारमा कति र्‍यापिड डाइगोनिस्टिक कीट छन् भन्ने एकिन तथ्यांक छैन। विज्ञ सल्लाहकार कार्की मोटामोटी डेढ दुई लाख किट भएको बताउछन्। उनी कोरोना संक्रमण देखिएका पश्चिमका जिल्लामा एक डेढ सय जतिको सुरुवातमा नमुना संकलनका लागि गएको बताउछन्। 'र्‍यापिड टेस्ट के कस्तो छ भनेर हेर्नका लागि पश्चिमका जिल्लामा एउटा टोली खटिएको छ। जसबाट कीट के कतिको भरपर्दो हुन्छ भन्ने थाहा हुन्छ। त्यसपछि ठुलो संख्यामा कोरोना परीक्षण गरिने छ', कार्कीले भने।

उनका अनुसार कोरोना संक्रमित देखिएका कैलाली, कन्चनपुर र बाग्लुङमा चाँडै ५ हजारको कोभिड १९ परीक्षण गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell