PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

यसरी हुँदैछ सरकारी उद्योगमा स्यानिटाइजरको उत्पादन

यसरी हुँदैछ सरकारी उद्योगमा स्यानिटाइजरको उत्पादन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना रोकथाममा प्रयोग हुने स्यानिटाइजर सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडले उत्पादन गर्न शुरु गरेको छ। कम्पनीले रिलायन्स उखु उद्योगसँग १० हजार लिटर अल्कोहल खरिद गरी उत्पादन शुरु गरेको हो।

कम्पनीले जर्मन प्रविधिको प्रयोग गरी उत्पादन गरिरहेको जनाएको छ। यो प्रविधिबाट १ मिनेटमा ३६ वटा बोतल भर्न सकिन्छ। दैनिक एक सय एमएलको २० हजार बोटल स्यानिटाइजर उत्पादन गरिरहेको कम्पनीका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बताए। सय एमएलको मूल्य प्रति बोटल १ सय ७५ रुपैयाँ तोकिएको छ।

यसको थोक मूल्य १ सय ५० रुपैयाँ हो। कम्पनीले उत्पादन गरेको स्यानिटाइजर विश्व स्वास्थ्य संगठन डब्लुएचओको मापदण्ड अनुसार रहेको बज्राचार्यले बताए। जसमा ८० प्रतिशत अल्कोहल र १८ प्रतिशत शुद्ध पानी, १ प्रतिशतभन्दा बढी ग्लिसिरिन र डिस्टिल वाटरको प्रयोग गरिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell