PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

आमा मरेको झुटो विवरण दिइ गाडी कुदाउने पास!



पहिलोपोस्ट

आमा मरेको झुटो विवरण दिइ गाडी कुदाउने पास!

काठमाडौं : लकडाउनको समयमा झुटो विवरण दिएर सवारी पास लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग पुल्चोकको टोलीले सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर ६ महोलिया घर भएका शुभनारायण चौधरी, जितेन्द्र प्रसाद चौधरी  र नरेश चौधरीलाई नियन्त्रणमा लिएको हो।

शुभनारायण चौधरीले आमाको मृत्यु भएकोले काजकृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट पास लिएको महानगरीय प्रहरी परिसर ललितपुर एसपी दुर्गा सिंहले बताइन्। चौधरीले सोमबारदेखि लागू हुनेगरि एकदिनको लागि ३-०८-००५ ख ९१९८ नम्बरको भएको बसको पास लिएका थिए।

सोमबार उनी ३० जना यात्रुहरु लिएर सप्तरी जना लाग्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधखोज गरेको थियो। प्रहरीको अनुसन्धानमा आमाको मृत्यु भएको विवरण झुटो देखिएपछि नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell