PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सलमान खानको फिल्म राधे, इदमा रिलिजको टार्गेट खुस्किँदै



पहिलोपोस्ट

सलमान खानको फिल्म राधे, इदमा रिलिजको टार्गेट खुस्किँदै

यदि समय सामान्य हुन्थ्यो भने यस वर्षको बलिउडको बहुप्रतिक्षित फिल्म राधेको सुटिङ सकिएको हुन्थ्यो। सलमान खानको फिल्म यतिखेर पोस्टप्रोडक्सनमा हुन्थ्यो। दुर्भाग्यवस्, कोरोना भाइरस फैलिँदा तय भएको कार्यसूची सबै विथोलियो। फिल्मको अन्तिम सेड्युल त बाँकी नै छ तर बाँकी सुटिङ सुरुवात हुन अवस्था सामान्य हुनुपर्ने छ।

'सुटिङ सकिसकेको हुनुपर्थ्यो यतिखेर। थाइल्यान्डमा हुने सुटिङ रोकियो। त्यसलाई मुम्बईमा नै गर्ने तय भयो। सुटिङका लागि अझै ८-१० दिन बाँकी छ,' निर्माण टिम स्रोतले भन्यो।

फिल्म राधेको र्‍याप-अप यसै महिनामा भइसक्ने तय थियो। तर, मार्च १९ पछि फिल्म सुटिङ रोक्नुपर्ने अवस्था आइलाग्यो। त्यसपछि त लकडाउनले सबै बन्द गराइहाल्यो। निर्माण टिम लकडाउन खुल्ने समयको प्रतीक्षामा छ किनकि अझै बाँकी रहेको सुटिङ सक्नुछ।

राधे - योर मोस्ट वान्टेड भाइ इदको अवसर पारेर रिलिज गर्ने तयारी थियो। तर, इदसम्म फिल्म तयार हुने र अवस्था सामान्य भइसक्नेमै शंका छ। कोरोनाका कारण बलिउडमा तयार भइसकेका फिल्महरुसमेत रिलिज हुन सकेका छैनन्। त्यसकारण सलमानको यो फिल्म पनि निर्धारित समयभन्दा पछाडिमात्रै थिएटरमा लाग्ने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell