PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

लकडाउन उल्लंघन गर्ने धमाधम समातिए, बिहानै १३ सय जना होल्ड



पहिलोपोस्ट

लकडाउन उल्लंघन गर्ने धमाधम समातिए, बिहानै १३ सय जना होल्ड

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १३ सय ३१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान ८ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी ३ सय ३८ सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा आउनेहरु अधिकांश काठमाडौंका रहेका छन्। नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले सडकमा नै तीन घण्टासम्म होल्ड गरेर राख्ने गरेको छ। मानिस सडकमा आउने सङ्ख्या बढ्दै गएपछि प्रहरीले समात्दै होल्डिङ एरियामा दुरी कायम गरेर राख्ने गरेको छ।

कोरोनाको संक्रमण फैलिने सम्भाबना देखेपछि शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गरेको छ। जारी लकडाउनमा थप कडाइ गर्दै सरकारले उक्त निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell