PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

आज ११ बजे आउँदै प्रधानमन्त्रीको सम्बोधन



पहिलोपोस्ट

आज ११ बजे आउँदै प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन्।

सोमवार बिहान ११ बजे बालुवाटारबाट सम्बोधन गर्ने प्रमका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

थापाले ट्वीट गर्दै प्रमले सम्बोधन गर्ने जानकारी दिएका हुन्।

उनको सम्बोधन नेपाल टेलिभिजनले लाइभ गर्ने छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतका राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीलाई समसामयिक विषयमा बोल्न आग्रह गरिरहेका थिए।

तेश्रो पटक लकडाउन थपिएपछि प्रमको सम्बोधन हुन लागेको हो।

हिजो नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी थियो। तर, हिजो सम्बोधन भएन। त्यसको साटो आज सम्बोधन हुन लागेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell