PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

युएईका युवराजसँग प्रम ओलीको टेलिफोन वार्ता : कोरोना प्रभावित नेपालीबारे कुराकानी



पहिलोपोस्ट

युएईका युवराजसँग प्रम ओलीको टेलिफोन वार्ता : कोरोना प्रभावित नेपालीबारे कुराकानी

काठमाडौं : युएई - आबुधावीका युवराज एवम् युएई सशस्त्र बलका उप सर्वोच्च कमान्डर शेख मोहम्मद बिन जायद अल नाह्यानले युएईमा रहेका नेपाली नागरिकको सुरक्षामा विभेद नहुने बताएका छन्।

कोरोना भाइरसको जोखिममा रहेका नेपालीको सुरक्षाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ युवरासँग नाह्यानलाई टेलिफोन गरेका थिए।

फोन सम्वादका क्रममा युवरासँग नाह्यानले नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

सम्वादका क्रममा युएईका युवराजले नेपालीहरु इमान्दार र परिश्रमी भएको र उनीहरुले युएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सुरक्षाको मामिलामा ढुक्क रहन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

युएईस्थित नेपाली राजदूतावासका अनुसार सोमवार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित छन्। जसमध्ये २ जना उपचारपछि निको भएका छन्। अन्यको उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell