PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

सुरक्षा उपकरणबिना काम गर्ने अवस्था आउन दिन्न : स्वास्थ्य मन्त्री ढकाल



पहिलोपोस्ट

सुरक्षा उपकरणबिना काम गर्ने अवस्था आउन दिन्न : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाका संक्रमण फैलन नदिन तीनै तहका सरकारलाई नथाक्न निर्देशन दिएका छन्। मन्त्री ढकालले स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै तीनै तहका सरकार तथा सरोकारवालाई नथाक्न भनेका हुन्।

उनले सुरक्षा उपकरण बिना कुनै पनि स्वास्थ्यकर्मीलाइ काम गर्ने वातावरण आउन नदिने दावी समेत गरे। 'कुनै पनि स्वस्थ्यकर्मीलाई बिना सुरक्षाका उपकरण काम गर्नुपर्ने छैन', उनले भने।  

ढकालले सरकारी तथा नीजी स्वास्थ्य केन्द्रमा काम गर्ने सबैलाई चितित्कस एवं स्वास्थ्यकर्मीलाई शत् प्रतिशत प्रोत्सहान भत्ताको व्यवस्था गरेका बताएका छन्। मन्त्रीले देशमा सक्रिय ५२ हजारभन्दा बढी स्वयंयमसेविकालाई चेतना अभिवृद्धिमा सहभागि हुन अपिल पनि गरे। 

क्वारेन्टाइनमा बसेका सबैले परीक्षण गरेपछि मात्रै छर जान मन्त्री ढकालको आग्रह गरेका छन्। 

'क्वारेन्टाइनमा बसेका सबैले स्वास्थ्य जाँच गरेर कोरोना नभएको निश्चित भएपछी मात्र आफ्नो घर जानुहुने छ', ढकालको भिडियो सन्देशमा उल्लेख छ।

उनले कोरोना लागेकालाई उपचारका लागि काठमाडौं उपत्यकामा ५ र काठमाडौं बाहिर १३ गरि १८ विशेष अस्पतालको व्यवस्था गरेको जानकारी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell