PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्री सम्बोधनपछि कमल थापाले भने,'समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन'



पहिलोपोस्ट

प्रधानमन्त्री सम्बोधनपछि कमल थापाले भने,'समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन'

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कोरोना संक्रमणको समयमा सरकारको समन्वय कमजोर भएको टिप्पणी गरेका छन्।

अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि ट्वीटरमा प्रतिकृया दिदैं सरकारको समन्वय र चेन अफ कमाण्ड नमिलेको बताएका हुन्। अध्यक्ष थापाले भनेका छन्, 'अझै समन्वय कमजोर छ, चेन अफ कमाण्ड मिलेको छैन। अपवाद बाहेक सरकारको निर्णय/कदमलाई जनताले साथ दिएका छन्,भोलि पनि दिनेछन्।'

त्यस्तै उनले कोरोना महामारीबिरुद्ध सरकारका नीति तथा कदम ठिक भएको बताउँदै प्रधानमन्त्रीको सम्बोधन अनुसार नै काम पनि गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell