PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

दूध ढुवानी सेवाको सूचना टाँसेर अटोमा रक्सी ओसारपसार

दूध ढुवानी सेवाको सूचना टाँसेर अटोमा रक्सी ओसारपसार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन बाहेक अन्यलाई रोक लगाएपछि मानिसले झुक्याएर सवारी गुडाएको पाइएको छ।

मंगलवार बिहान मकवानपुरमा दूध ढुवानी गर्ने पर्चा सवारी साधनमा टाँसेर मदिरा बोकेको पाइएको छ। मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका २ मा घरेलु मदिरा ढुवानी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

हे ना १ ह ५३८१ नम्बरको अटोमा दूध ढुवानी सेवा भनी टाँसेर  मदिरा बोकेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। अटो चेक गर्दा प्रहरीले दूधको ३ वटा खाली र ५ वटा जर्कीनमा १ सय ४० लिटर घरेलु मदिरा फेला पारेको प्रहरीले जानकरी दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell