PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एन्फाको एम्बुलेन्स ललितपुर महानगरपालिकालाई



पहिलोपोस्ट

एन्फाको एम्बुलेन्स ललितपुर महानगरपालिकालाई

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज दुई वटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। कोरोनाको महामारी विश्वभर चलिरहँदा एन्फाले स्थिति सामान्य अवस्थामा नआउन्जेलका लागि दुईवटा एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको हो।

आज एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई एन्बुलेन्स हस्तान्तरण गरेका हुन्। एन्फाले फुटवलको सर्वोच्च निकाय फिफाको फन्डमार्फत ती दुई एम्बुलेन्स लिएको थियो।

यसअघि एन्फाले एक विज्ञप्ति निकाल्दै एन्फाका भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टल र रौतहटको महिला फुटबल एकेडेमीको होस्टललाई नेपाल सरकार, प्रदेश सरकार या स्थानीय सरकारले प्रयोग गर्न सक्ने जनाएको थियो। सोही अनुसार विभिन्न स्थानमा क्वारेन्टाइनका लागि एन्फाका संरचनाहरु प्रयोग हुँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell