PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

सरकारी राहत कोषमा संसद् सचिवालयको १ करोड



पहिलोपोस्ट

सरकारी राहत कोषमा संसद् सचिवालयको १ करोड

काठमाडौं : संघीय संसद् सचिवालयले नेपाल सरकारले स्थापना गरेको केन्द्रीय राहत कोषमा पहिलो चरणमा एक करोडभन्दा बढी रकम जम्मा गरेको छ।

सचिवालयले महालेखा नियन्त्रकको कार्यालयमार्फत् मंगलबार एक करोड एक लाख ३२ हजार ८ सय रुपैयाँ कोषमा पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए।

आज पठाइएको रकममा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशीकला दाहालले यसअघि घोषणा गरेको एक महिनाको पारिश्रमिक बराबरको रकम छ। यस्तै नेकपा संसदीय दलका १ सय ९५ जना सांसदको आधा महिनाको तलब बराबरको रकम, निजी सचिवालय, स्थायी तथा करार कर्मचारीका तर्फबाट गरिएको योगदानको रकम पनि पठाइएको छ। पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको एक महिना बराबरको तलब पनि कोषमा पठाइएको छ।

सचिवालयका अनुसार बाँकी सांसदको रकम भने अर्को महिना जम्मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell