PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हिटलरको 'बिग लाइ' भन्दा कडा : किन 'स्मार्ट' पुस्ता कोरोना भाइरस 'मिथक'मा विश्वास गर्छ?



विधुर ढकाल

हिटलरको 'बिग लाइ' भन्दा कडा : किन 'स्मार्ट' पुस्ता कोरोना भाइरस 'मिथक'मा विश्वास गर्छ?
abcnews

कुनै पनि स्वास्थ्य संकटले यस विषयमा गलत जानकारीको समेत महाव्याधि बोकेर ल्याउने गर्छ।

सन् १९८०, ९० र २००० को दशकमा पनि पनि हामीले एड्सका बारेमा यस्तै खतरनाक झुटहरु देखेका थियौं। एचआइभी, सरकारले प्रयोगशालामा तयार पारिएको भन्दै परीक्षण पनि अविश्वसनीय भएको बताइन्थ्यो। त्यस्तै बाख्राको दूधले निको हुन्छ भन्ने जस्ता अप्रमाणित कथ्यहरु बाहिर आएका थिए। यस्ता दाबीहरुले घातक व्यवहारका साथै संकटलाई थप बढाएको थियो।

अहिले हामी 'फेक न्युज'हरु फैलावट देखिरहेका छौँ - यसबेला यस्ता गलत दाबी कोरोना भाइरस महाव्याधि नजिक छन्। फेसबुकदेखि ह्वाटएप्ससम्म, गलत सूचना सेयर नियमित रुपमा भइरहेका छन्। कसरी आउटब्रेक भयो र कसरी निको हुनेसम्मका गलत दाबी आइरहेका छन्। 

यो एउटा तीतो सत्य नै हो कि कुनै पनि स्वास्थ्य संकटले आफ्नै बारेमा गलत सुचना समेत फैलाउँदै आएको छ। हामीले बीबीसी फ्युचरमा सूर्यको प्रकाश, गर्मी मौसम, तातोपानीले कसरी कोरोना भाइरसलाई प्रभाव पार्छ भन्ने यस्ता अनेक दाबीहरुलाई गलत साबित गरिसकेका छौं।

यस्ता गलत दाबीहरु आफैँमा घातक छन्। पछिल्लो एउटा रिपोर्ट अनुसार इरानमा यस्तै घटना भएको छ। गलत दाबीलाई पत्याउँदा त्यहाँका मानिसहरुले औद्योगिक रक्सीको सेवन गर्दा कैयौंले ज्यान गुमाएका छन्। सामाजिक सञ्जालमा फैलिएको एउटा दाबीमा त्यस्तो कच्चा रक्सीले कोभिड-१९ बाट जोगाउँछ भन्ने गलत दाबी थियो।

युगोभ र इकोनोमिस्टले मार्चमा गरेको यस्तै सर्वेक्षणले १३ प्रतिशत अमेरिकीहरु कोभिड-१९ को संकटलाई छलको रुपमा लिने गरेका छन्। त्यस्तै ४९ प्रतिशतले यो महामारीलाई मानिसले बनाएको विश्वास गरेका छन्।

तपाईँलाई लाग्न सक्छ शिक्षत र वौद्धिक जमातहरुले यस्ता गलत सूचनालाई मिथ्या सावित गर्न सहयोग गर्ने छन्। तर, अधिकांश शिक्षित समुदाय नै यस्ता गलत सूचनालाई विश्वास गर्छन्।

यस्ता मिथ्याहरुलाई गलत सावित गर्न मद्दत गर्लान भन्ने ठानिएका विश्वका केही नेताहरुले नै यस्ता मिथ्या सूचनाहरुलाई बढाउन मद्दत गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहितका नेताहरुले कोभिड-१९ लाई 'वुहान भाइरस', चाइना भाइरसको रुपमा विश्वलाई बताइरहे।

त्यस्तै, मेक्सिकोमा देश लकडाउन हुँदा त्यहाँका राष्ट्रपति नै कोरोना भाइरसको लकडाउनलाई उल्लंघन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी भए।

बेलारुसका राष्ट्रपतिले पनि त्यस्तै अभिव्यक्ति दिए। ट्र्याक्टरले कोरोना भाइरसलाई परास्त गर्ने र भोड्का खाउ काममा जाउ। साउनामा जाउ भन्दै लाए।

भारतीय प्रधानमन्त्रीले मैन बालेर कोरोना भाइरस भगाउने उपाय ल्याए।

नेतृत्वका यस्ता अभिव्यक्ति र आह्वानले जनतामा मनोवैज्ञानिक साथ त होला तर, यसलाई आम मानिसहरुले कसरी लिन्छन् भन्ने प्रमुख प्रश्न हो।

मोदीले सामाजिक सञ्जालमा भिडियो सन्देश गरे क्यान्डल लाइटका लागि आह्वान गरेसँगै सामाजिक सञ्जालमा मैनवत्ती बाले तापक्रम बढ्ने र यसले कोरोना भाइरसलाई परास्त गर्ने भन्दै सन्देशहरु भाइरल भए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महासचिवले अहिले विश्व कोभिड-१९ को पान्डेमिकसँग इन्फोडेमिकसँगसमेत लडिरहेको बताइसकेका छन्।

राष्ट्र संघका महासचिवले भनेका छन- 'हाम्रो साझा सत्रु कोभिड-१९ हो। र, इन्फोडेमिक पनि हाम्रो सत्रु हो। कोरोना भाइरसलाई परास्त गर्नका लागि हामीले सत्य र विज्ञानलाई प्रवर्द्धन गर्नुपर्छ। निरासा र विभाजनलाई आशा र ऐक्यवद्धताले परास्त गर्नुपर्छ।'

खुशीको कुरा पनि छ, केही मनोविदहरुले यस विषयमा अध्ययन गरेर केही सुझाब दिएका छन्। हाम्रा आफ्नै व्यवहारले हामी त्यस्ता गलत सूचनालाई रोक्दै मुर्ख हुनबाट भने जोगिन्छौं।

हरेक दिन गलत सूचनाको ओभरलोडले हाम्रो दिमाग भुटिएको छ। गलत सूचनालाई यसरी प्रस्तुत गरिन्छ कि ती साचो हुन भन्ने आभाष हुन्छ।

कुनै पनि सूचना लगातार रुपमा दोहोरिएर आइरहे त्यसमा विश्वास गर्न मानिसहरु बाध्य हुन्छन्। 'सुरुवातमा हामीलाई संशय लाग्ने जानकारी लगातार रुपमा हाम्रा न्यूज फिडमा आइरहे हामी यो सही नै हो कि भन्ने सोच्न बाध्य हुन्छौँ,' बीबीसी फ्युचरमा 'इन्टिलिजेन्ट ट्र्याप'का लेखक डेविड रोवसनले लेखेका छन्।

एउटै सन्देश पटकपटक आइरहे यसको सत्यतामा विश्वास गर्न बाध्य बनाउने उनको भनाइ छ।

अहिले सामाजिक सञ्जालले हाम्रो मुर्ख प्रवृत्तीलाई थप बल दिएको छ। अहिलेको तथ्यांक हेर्दा धेरै मानिसहरुले कुनै पनि सूचनाको सत्यतालाई अन्दाज नगरिकन सामाजिक सञ्जालमा शेयर गर्ने गरेका छन्। हिटलरको 'बिग लाइ'लाई नै माथ खुवाउने गरी अहिले यस्ता गलत सन्देशहरु सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्।

पछिल्लो एउटा सर्वेक्षणमा सहभागी ३५ प्रतिशत मानिसले सत्यताभन्दा पनि शीर्षक हेरेर सूचनाहरु सामाजिक सञ्जालमा सेयर गर्ने गरेको देखाएको छ। रेगिना विश्वविद्यालय क्यानडाका साइक्लोजी अफ मिस्इन्फरमेसनका प्रमुख अनुसन्धानकर्ता गोर्डन पेनिकुकसहितका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा सहभागीमध्ये २५ प्रतिशतले गलत समाचारलाई सही बताएका थिए। उनीहरुलाई गलत समाचार देखाएर त्यसका सत्यताको विषयमा सोधिएको थियो।

'यसले के देखाउँछ भने मानिसहरु जानाजान पनि सेयर गर्ने गरेका छन्,' अनुसन्धानकर्ता पेनिकुकले भनेका छन्।

मानिसहरुले सामाजिक सञ्जालमा प्रख्यातिका लागि पनि त्यस्ता सामाग्री सेयर गर्ने गरेका छन्। उनीहरुलाई सत्यता भन्दा पनि त्यस्ता सामाग्रीमा आउने लाइक र रिट्विटले अर्थ राख्ने गरेका छन्।

यतिबेला कोभिड-१९ विरुद्धको अभियान स्वरुप विश्वका अधिकांश देशमा लकडाउन भएको छ। मानिसहरु सामाजिक सञ्जालमा बढी इंगेज भइरहेका छन्। यसले पनि फेक इन्फरमेसनलाई सेयर गर्न सहयोगी बनेका छन्।

अनुसन्धानकर्ता पेनीकुकले अनुसन्धान गर्ने क्रममा कङनेटिभ रिफ्लेक्लेसन् टेस्ट विधिबाट सहभागीहरुको व्यवहार जाँच गरेका छन्। अध्ययनका लागि यो अनुसन्धान टोलीले सहभागीहरुलाई एउटा प्रश्न सोधेका थिए -

इमिलीका बाबाको तीन सन्तान छन्। पहिला दुई सन्तानको नाम अप्रिल र मे हो भने तेस्रो सन्तानको नाम के हो?

यसको सहज उत्तर जुन होला। सहभागीहरुले पनि यस्तै जवाफ दिएका छन्। तर, जवाफ इमिली हो। यसले के देखाउँछ भने मानिसहरुले प्रतिक्रिया दिन हतारिन्छन्। सेयर गर्छन्। तर, सोच्दैनन्। अहिलेको अवस्थामा पनि यस्तै भएको देखिन्छ।

यस्तै अर्को अनुसन्धानमा १३ प्रतिशत अमेरिकी नागरिकहरुले कोरोना भाइरसलाई 'होक्स थ्योरी' को रुपमा लिइरहेका छन्।

अब के गर्ने त?

आफैलाई 'फेक न्यूज'बाट टाढा राख्ने प्रयास गर्नुस्। सूचना तथा समाचारमा सेलेक्टिभ हुनुस्। तपाईँले सामाजिक सञ्जालहरुबाट ग्रहण गरिरहेका सूचनाहरु जंक फुड जस्तै हुन्। तपाईँलाई लाग्न सक्छ कि तपाईँ अघाइरहनु भएको छ। तर, तपाईँलाई हानी पनि गरिरहेको हुन्छ। तपाईँले सही सूचनाको स्रोतमा पहुँच राख्नुहुन्न भने तपाईँले पढिरहेका समाचार खाली सूचनाका प्रदुषण मात्र हुन्। त्यसैले सूचनाका भरपर्दा स्रोतको पहिचान गर्न आवश्यक छ। यदि होइन भने समाचार पढ्नै छाड्नुस्। सामाजिक सञ्जालमा धेरै समय नबिताउनुस्।

ब्रोन युनिभर्सिटीका वैज्ञानिक स्टिभन श्लोमनले साइन्स अफ फेक न्यूजमा भनेका छन्-

'मानिसहरुमा सूचना प्रशोधन गर्न सक्ने कम्प्युटरमा जस्तो प्रोसेसर छैन। हामी सामाजिक प्राणी हौं र 'फेक न्युज' भनेको अर्को कुनै व्यक्तिको विश्वालाई जनाउने सूचक हो।' अब प्रश्न आउँछ हामी सामाजिक सञ्जालमा बढी झुम्मिएर अर्काको गलत बुझाइलाई बुझ्ने कि हामीले सूचनाका सही स्रोतको पहिचान गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell