PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

प्रधानमन्त्रीको सम्बोधनको 'वेमौसमी बाजा'लाई लिएर पूर्व प्रम भट्टराईले भने : अलोकतान्त्रिक र असहिष्णु



पहिलोपोस्ट

प्रधानमन्त्रीको सम्बोधनको 'वेमौसमी बाजा'लाई लिएर पूर्व प्रम भट्टराईले भने : अलोकतान्त्रिक र असहिष्णु

काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले आलोचनालाई 'वेमौसमी बाजा' भन्नुलाई अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिको संज्ञा दिएका छन् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले।

'संकटको बेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो हो,' प्रधानमन्त्रीको सम्बोधनमाथि ट्विट गर्दै भट्टराईले लेखेका छन्, 'तर प्रमले आफ्नो सम्बोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिँ आपत्तिजनक छ।'

उनले लोकतन्त्रमा जीवन र स्वतन्त्रता दुवै चाहिने तर्क गरेका छन्। भनेका छन्, 'त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell