
काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीले आलोचनालाई 'वेमौसमी बाजा' भन्नुलाई अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिको संज्ञा दिएका छन् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले।
'संकटको बेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो हो,' प्रधानमन्त्रीको सम्बोधनमाथि ट्विट गर्दै भट्टराईले लेखेका छन्, 'तर प्रमले आफ्नो सम्बोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिँ आपत्तिजनक छ।'
उनले लोकतन्त्रमा जीवन र स्वतन्त्रता दुवै चाहिने तर्क गरेका छन्। भनेका छन्, 'त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।'
संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा संवोधन गर्नु राम्रो हो।तर प्रमले आफ्नो संवोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ।लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ।त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) April 7, 2020