PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश



पहिलोपोस्ट

सीमामा अलपत्र नागरिकलाई नेपाल ल्याउन सर्वोच्चको आदेश

काठमाडौँः सर्वोच्च अदालतले नेपाल भारत सीमामा अलपत्र रहेका नागरिकलाई नेपाल ल्याउन सरकारका नाममा आदेश गरेको छ। सीमामा रहेका र नेपाल आउन चाहने नागरिकलाई क्वारेन्टाइनमा राख्ने ग्यारेन्टीसहित नेपाल ल्याउन सर्वोच्चले आदेश दिएको हो। 

न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। 

तत्काल नेपाल प्रवेश सम्भव नभएमा कूटनीतिक पहलबाट लकडाउनको अवधिसम्म त्यहाँ रहेका नागरिकलाई यथास्थानमा खाने बस्ने र स्वास्थ्य सुनिश्चितताको व्यवस्थाका लागि पनि सर्वोच्चले आदेश गरेको छ। 

यस्तै, अन्य देशमा रहेका नागरिक समेत नेपाल फर्कन चाहेमा फर्कने व्यवस्था गर्न पनि अदालतले आदेश गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell