PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

कीर्तिपुरमा तयार हुँदै 'कोरोना टेस्टिङ बुथ'

कीर्तिपुरमा तयार हुँदै 'कोरोना टेस्टिङ बुथ'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: कीर्तिपुरस्थित राष्ट्रिय आविस्कार केन्द्रमा हाल कोरोना भाइरस रोकथामका लागि आवश्यक स्वास्थ्य उपकरण निर्माण भइरहेका छन्। केही समयअघि पीपीई निर्माण गरेको केन्द्रले कोरोना परीक्षण गर्नका लागि टेस्टिङ बुथको समेत निर्माण गरिरहेको हो।

कोरियामा पहिलोपटक प्रचलनमा ल्याइएको यो बुथमा चिकित्सकले विरामीसँग प्रत्यक्ष सम्पर्क नराखी सिसाभित्रै बसेर परीक्षण गर्न सक्नेछन्। बुथबाट पञ्जाको प्रयोग गरी विरामीको परीक्षण गर्न सकिन्छ। एकपटक परीक्षण गर्दा प्रयोग भएको पञ्जा अर्को परीक्षणका लागि परिवर्तन गर्न सकिन्छ।

विरामीको परीक्षण गर्दा स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण सर्न सक्ने सम्भावना हुने हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कोरोना टेस्ट बुथ बनाइएको केन्द्रका डा शंकर ढकालले जानकारी दिए।  ढकालका अनुसार चिकित्सक बस्ने बुथभित्र एचइपीए फिल्टर जडान गरिएको छ। यसमा तीन मिटर टाढाबाट स्वस्छ हावा बुथमा प्रवेश गर्ने बताइएको छ।

केन्द्रमा निर्माण भएको बुथ देशभरका विभिन्न अस्पतालमा राखिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell