PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भक्तपुरमा नक्कली स्यानिटाइजर बिक्री गर्ने युवती पक्राउ



रासस

भक्तपुरमा नक्कली स्यानिटाइजर बिक्री गर्ने युवती पक्राउ
प्रतीकात्मक तस्विर

काठमाडौं : भक्तपुर कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको खुलेको छ। फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ की २८ वर्षीया युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

नक्कली स्यानिटाइजर बिक्री गरेको सूचनाका आधारमा मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा पुगी अनुसन्धान गरेका थिए। त्यहाँ खानतलासी गर्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि पक्राउ गरेको हो।

'कोरोना भाइरसको महामारीले निम्त्याएको आपत्कालिन अवस्थामा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै विभागले निर्धारण गरेको मापदण्डविपरीतको नक्कली औषधि बिक्री गरेको पाइयो,' महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने।

प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरेको जानकारी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell