PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनको मौका छोपेर बढी मूल्य लिने एम्बुलेन्स चालक र संचालकका छोरा कारबाही



पहिलोपोस्ट

लकडाउनको मौका छोपेर बढी मूल्य लिने एम्बुलेन्स चालक र संचालकका छोरा कारबाही

काठमाडौः सरकारले घोषणा गरेको लकडाउनको क्रममा एम्बुलेन्सहरुले बढी भाडा लिने गरेको भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार बढी भाडा लिएर बिरामी बोक्ने एक एम्बुलेन्स संचालक र चालकलाई कारबाही गरेको छ। कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल संचालकका छोरा कृष्ण आचार्य र चालक कमल प्रसाद भुषालले बढी भाडा लिएर बिरामी बोकेपछि कारबाही गरेको हो।

उनीहरुले साबिक भाडादर भन्दा बढी लिएकाले कारबाही गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell