PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ताज त्यागेर चिकित्सकीय पेशामा फर्कँदै मिस इङ्ल्यान्ड, अहिले भने छिन् क्वारेन्टाइनमा



पहिलोपोस्ट

ताज त्यागेर चिकित्सकीय पेशामा फर्कँदै मिस इङ्ल्यान्ड, अहिले भने छिन् क्वारेन्टाइनमा

'मिस इङ्ल्यान्ड २०१९' भाषा मुखर्जीले आफ्नो ताज फर्काएकी छिन्। पेशाले चिकित्सक रहेकी उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन्।

सौन्दर्य प्रतियोगिताहरुको नियम अनुसार नयाँ विजेता घोषित नभएसम्मका लागि आयोजकले निर्धारति कार्यक्रमहरुमा सक्रिय रहनुपर्छ। गत डिसेम्बरमा मिस इङ्ल्यान्ड घोषित भएसँगै भाषाले मेडिकल दैनिकीबाट ब्रेक लिएकी थिइन्। भारतीय मुलकी २४ वर्षीया मुखर्जीले 'मिस वर्ल्ड २०१९'मा इङ्ल्यान्डको प्रतिनिधित्व गरिन्। त्यसयता अन्य अभियानहरुको पनि प्रतिनिधित्व गर्दै विभिन्न देश भ्रमणमा थिइन्। आउँदो अगस्टसम्मका लागि अफ्रिका, टर्की, इन्डिया, पाकिस्तान र एसियाका विभिन्न देशमा कार्यक्रम तय भइसकेका थिए।

तर, विश्वभर माहामारी फैलियो। कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ। संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि उस्तै। यो अवस्थामा उनको चिकित्सक मन थामिएन। दुई मेडिकल डिग्री लिएकी उनले मिस इङ्ल्यान्ड आयोजकसँगको सहमती रद्द गर्दै काममा फर्किइन्।

चार साताअघि कोभेन्ट्री मर्सीया लायन्स क्लबको कार्यक्रमका लिएर भारत पुगेकी थिइन्। भारतमा विभिन्न विद्यालयहरुमा पाठ्य सामाग्री वितरण सकेर इङ्ल्यान्ड फर्किएकी हुन्। लगत्तै निर्णय सार्वजनिक गरिन्। अब १४ दिन सेल्फ क्वारेन्टाइनमा बिताएपछि उनी पुन: पहिले कार्यरत् बस्टनस्थित पिल्ग्रिम अस्पतालमा काम थाल्ने सिएनएनले जनाएको छ

उनले भनेकी छिन्,'साथीहरु निकै अप्ठ्यारो परिस्थितिमा छन्। उनीहरुको कुरा सुनेपछि म काममा नफर्की रहन सकिँन। मानिसहरु संक्रमणका कारण मरिरहँदा ताज पहिरिएर, राम्री देखिएर बस्नु गलत हो भन्ने महसुस भयो। यस समय म अस्पतालमा हुनुपर्छ।'

उनले इङ्ल्यान्डका लागि काम गर्ने यो जस्तो सुन्दर अवसर अरु हुन नसक्ने बताएकी छिन्। जुन मिस इङ्ल्यान्डको ताज पहिरिएर सम्भव थिएन।

भाषा मुखर्जी कोलकातामा जन्मिएकी हुन्। नौ वर्षको उमेरमा उनको परिवार बेलायत सर्‍यो। उनी स्वास प्रस्वास सम्बन्धी चिकित्सक हुन्। तर, यस अवस्थामा जस्तो जिम्मेवारी पनि वहन गर्न तयार रहेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell