PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

लकडाउन उल्लङ्घन गर्ने ह्वात्तै बढे : एकाबिहानै २३ सय मानिस नियन्त्रणमा, आजबाट थप कडा बनाइँदै



पहिलोपोस्ट

लकडाउन उल्लङ्घन गर्ने ह्वात्तै बढे : एकाबिहानै २३ सय मानिस नियन्त्रणमा, आजबाट थप कडा बनाइँदै

काठमाडौं : सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गर्नेको सङख्य ह्वात्तै बढेको छ।

बुधवार बिहानमात्र उपत्यकाभित्र प्रहरीले २ हजार जना भन्दा बढी मानिसलाई कारबाही गरेको छ। बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार २ हजार ३ सय १ जनालाई कारबाही गरेको हो।

कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले जानकारी दिए।

'अलिकत सुरक्षा व्यवस्था कडा बनाइएको हो। आजबाट थप कडाइ गर्छौं,' डिआइजी पोखरेलले भने।

मानिसले लकडाउन उल्लङ्घन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। सडकमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रहरीले १ सय २९ वटा सवारी साधनसमेत नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell