PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

ज्यालादारी कामदारलाई चामल दिन एटिएम मेसिन !



पहिलोपोस्ट

ज्यालादारी कामदारलाई चामल दिन एटिएम मेसिन !

कोभिड-१९ को संक्रमणले विश्वभर प्रभावति भएको छ। विश्वका अधिकांश देशमा लकडाउन गरिएको छ। यस्तोमा दैनिक ज्यालादारी मजदुर प्रभावित भएका छन्। भियतनामको होचिमिन्ह शहरमा यस्तै ज्यालादारी मजदुर तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउनका लागि त्यहाँको एक कम्पनीले खाद्य सहयोग गरेको छ।

यहाँ ६ लाख कामदारहरु लकडाउनका कारण प्रभावित भएका छन्। यसरी प्रभावितहरुलाई राहत वितरण भइरहेको छ। राहत वितरण हुँदा भिडभाड हुने र संक्रमण फैलिने डर उत्तिकै। यसलाई समाधान गर्नका लागि त्यहाँ चामल दिने एटिएम मेसिनको विकास गरिएको छ।

जसले प्रत्येक व्यक्तिलाई डेढ किलो चामल दिन्छ। 'तपाईँलाई आवश्यक छ भने केही लैजानुस्। यदि तपाईँलाई पुग्छ भने अरुको लागि छाडिदिनुस्' भन्ने नाराका साथ यस्तो सेवा सञ्चालन गरिएको छ। यहाँबाट चामल लैजानका लागि कसैलाई परिचयपत्र देखाउन आवश्यक पनि छैन। मेसिन अगाडि लाइन ब्यवस्थापन गर्नका लागि सेतो वर्गाकार चिन्ह गराइएको छ।

मेसिनका इन्भेन्टर होङ तुआन अन्हले भने- 'महामारीको यो समयमा मैले देखेको छु। धेरै मानिसहरु खाद्य आवश्यकता छ। यदि उनीहरुलाई व्यक्तिगत रुपमै भेटेर राहत बाँड्ने हो भने संक्रमण फैलिन डर छ। यसलाई नियन्त्रण गर्नका लागि मैले उपलब्ध साधनको प्रयोग गरेर २४ सै घण्टा सञ्चालन हुने अटोमेटिक राइस डिस्पेनसर बनाएँ।'

भियतनामले यतिबेला खाद्य सुरक्षाका लागि चामलको निर्यातमा समेत रोक लगाएको छ। उसले जुन १५ सम्म एक लाख ९० हजार टन चामल भण्डार गर्ने जनाएको छ। भियतनाम विश्वकै तेस्रो ठूलो चामल निर्यातकर्ता देश हो।

एटिएमले च्यारिटीमा चामल बाँडिरहेको छ। यसका लागि मेसिन नजिकै सिसिटिभि क्यामेरा जडान गरिएका छन् न कि कसैले आवश्यकताभन्दा बढी लगुन्। तआन अन्हका अनुसार पहिलो दिन यहाँबाट दुई सय जनाले चामल लगेका छन्।

उनले सहयोगहीहरुलाई सहयोगका लागि आह्वानसमेत गरेका छन्। उनले होचिमिन्ह शहर भरी यस्ता १०० वटा एटिएम मेसिन सञ्चालन गर्ने बताएका छन्। यसरी आवश्यक चामल खरीदका लागि उनको कम्पनीले लगानी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell