PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

ड्राइपोर्ट भन्सारबाट बारा-पर्सा बाहेकका जिल्लामा जान छोड्यो सामान, २२ सय कन्टेनर ‘होल्ड’मा



राधेश्याम पटेल

ड्राइपोर्ट भन्सारबाट बारा-पर्सा बाहेकका जिल्लामा जान छोड्यो सामान, २२ सय कन्टेनर ‘होल्ड’मा
फाइल फोटो।

वीरगंज : वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट पर्सा, बाराबाहेक अरू जिल्लामा मालसामान जान सकेको छैन। नेपाल सरकारले पैठारी हुने हरेक किसिमको सामानको जाचपास गरी ढुवानी गर्न, गराउन सरोकारवाला निकायलाई निर्देशन जारी गरे तापनि मालसामान जान नसकेको हो।

मालसामान बोकेर गइरहेका गाडीलाई ठाउँ-ठाउँमा सुरक्षाकर्मीले चेक गर्ने, चालकलाई कुटपिट गर्ने जस्ता व्यवहार गरिएपछि ड्राइपोर्टबाट मालसामान बोकेर जाने गाडीहरूको संख्यामा कमी आएको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए। उनले अति आवश्यक सामानहरूमा दाना बनाउने कच्चा पदार्थ, भटमास, मकै, तोरी, ट्रेडिङ आइटमका सामान, दैनिक उपभोग्यका रेडिमेड सामानहरूलगायत सहजै बाहिरको जिल्ला जाने अवस्था नरहेको जानकारी दिए।

भारतबाट मालसामान बोकेर आउने कन्टेनरको संख्यामा कमी नआए तापनि ड्राइपोर्टबाट कन्टेनर लोड भएर ढुवानी नहुँदा करिब २ हजार २ सय कन्टेनर होल्ड भएर बसेको पनि उनले जानकारी दिए।

उनले भने, ‘भारतबाट कन्टेनर आउने क्रम जारी रहेको तर बन्दरगाहबाट मालसमान लोडे गरेर कन्टेनर औद्योगिक कोरिडोर र बाहिरी जिल्लामा जान नसकेर यार्ड पूरै भरिभराउ भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell