PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा



पहिलोपोस्ट

देशभर ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा

काठमाडौं : कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा क्वारेन्टाइनमा रहेका मानिसहरुको स्वाब परीक्षण गर्न सरकारले पूर्ण तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ताले देशभर क्वारेन्टाइनमा रहेका मानिसहरुको र्‍यापिड प्रविधिका साथै पीसीआर प्रविधिबाट आवश्यकता अनुसार परीक्षण गरिने बताए।

हालसम्म नेपालमा ९ जनामा भाइरसको संक्रमण देखिँदा देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्। विदेशबाट फर्किएर र संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु हाल क्वारेन्टाइनमा रहेका छन्।

कोरोना भाइरसको लक्षण देखिएका १ सय ३४ जना आइसोलेसनमा रहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उपत्यकामा १२ जना र उपत्यका बाहिर १ सय २२ जना आइसोलेसनमा रहेको बताए।

यस्तै देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन्।

नेपालमा हालसम्म ९ जनामा भाइरस देखिँदा १ जना उपचार पछि डिस्चार्ज भएका छन्।

देवकोटाका अनुसार हाल विद्यमान रहेका ८ वटा केसका सम्पूर्ण कन्ट्र्याक्ट ट्रेसिङ सम्पन्न भएको छ। ८ जनामा ७ जना विदेशबाट आएका हुन भने एकजनामा लोकल ट्रान्समिसन भएको थियो।

हालसम्म २ हजार ३ सय ६६ जनाको कोभिड १९ परीक्षण भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell