PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

२९० पर्यटक लिएर जर्मनी गयो अन्तिम चार्टर विमान, स्वदेश पुगेपछि सन्देश पठाए : घर फर्किन मद्दत गर्ने सबैलाई धन्यवाद!



पहिलोपोस्ट

२९० पर्यटक लिएर जर्मनी गयो अन्तिम चार्टर विमान, स्वदेश पुगेपछि सन्देश पठाए : घर फर्किन मद्दत गर्ने सबैलाई धन्यवाद!
Photo: Embassy of the Federal Republic of Germany, Kathmandu

काठमाडौं : लकडाउनका कारण नेपालमा अड्किएका युरोपेली मुलुकका पर्यटकहरु चौँथो तथा अन्तिम उद्धार विमानमार्फत स्वदेश फर्किएका छन्। करिब २९० यात्रुसहितको विमान काठमाडौंबाट जर्मनीको म्युनिख गएको नेपालस्थित जर्मन दूतावासले जनाएको छ।

कुल यात्रुमध्ये करिब ५० जना जर्मन नागरिक तथा १८ जना युक्रेनी नागरिकसहित अन्य २५ युरोेपेली मुलुकका नागरिक रहेको दूतावासले जनाएको छ। योसँगै मार्च २७ देखि यता करिब ८ सय जर्मन नागरिक तथा ३ सय अन्य युरोपेली मुलुकका नागरिक स्वदेश फर्किएका छन्। जर्मन सरकारले कतार एयरवेजका चार विमान चार्टर गरी उनीहरुलाई स्वदेश फर्काएको हो। जर्मन र नेपाल सरकारको सहकार्यमा उनीहरु सकुशल घर फर्किएको दूतावासले उल्लेख गरेको छ।

‘सकुशल घर पुगेकाहरुले धन्यवादसहित पठाएको सन्देशले म र मेरा सहकर्मीहरु भावुक भएका छौँ। उनीहरु जर्मन र अन्य युरोपेली देश तथा युक्रेन र इजरायलका नागरिकहरु थिए,’ नेपालका लागि जर्मनीका राजदूत रोलान्ड साफरले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell