PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

उपत्यकामा हरेक दिन बढ्दै लकडाउन उल्लंघन गर्नेको संख्या, आज २ हजार ६८५ जना नियन्त्रणमा



पहिलोपोस्ट

उपत्यकामा हरेक दिन बढ्दै लकडाउन उल्लंघन गर्नेको संख्या, आज २ हजार ६८५ जना नियन्त्रणमा
फाइल फोटो।

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ६ सय ५९ महिलासहित २ हजार ६ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधवार बिहान ६ बजेदेखि दिउँसो ५ बजेसम्म उक्त संख्यामा लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिएर छाडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। मंगलवार उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ७६ महिला सहित १ हजार ५ सय ९५  जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसैगरी, २ सय ९७ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी ३ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौंबाट सबैभन्दा बढि २ हजार १ सय ५७ जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै, ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ।

कोभिड-१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर सम्पूर्ण देशको सुरक्षाको लागि गरिएकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि उनले सबैलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell