PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउने प्रयास, भक्तपुरमा पनि बन्दै कोरोना टेस्टिङ बुथ

स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउने प्रयास, भक्तपुरमा पनि बन्दै कोरोना टेस्टिङ बुथ

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर :  कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने भन्दै सरकारले लकडाउन गरेको छ। कोरोना संक्रमितको संख्या ९ मा सिमित हुँदा चिकित्सकहरुलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री लगायतका स्वास्थ्य सामाग्रीहरु निर्माण कार्य पनि भइरहेको छ।

यसैबीच विरामीहरु चिकित्सकहरुको प्रत्यक्ष सम्पर्कमा आउने र संक्रमणको जोखिम हुने हुँदा त्यसलाई न्यूनिकरण गर्न नेपालमा पनि कोरियन मोडलको कोरोना टेस्टिङ बुथको निर्माण कार्य पनि भइरहेको छ। कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भक्तपुरमा समेत टेस्टिङ बुथहरु निर्माण हुँदैछन्।

भक्तपुरको महालक्ष्मीस्थित महालक्ष्मी आल्मुनियनमा काठमाडौं बिल्डर्स प्रालिले बुथ निर्माण कार्य गरिरहेको हो।  

यो बुथमा चिकित्सकले विरामीसँग प्रत्यक्ष सम्पर्क नराखी सिसाभित्रै बसेर परीक्षण गर्न सक्नेछन्। बुथबाट पञ्जाको प्रयोग गरी विरामीको परीक्षण गर्न सकिन्छ। एकपटक परीक्षण गर्दा प्रयोग भएको पञ्जा अर्को परीक्षणका लागि परिवर्तन गर्न सकिन्छ।

विरामीको परीक्षण गर्दा स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण सर्न सक्ने सम्भावना हुने हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित कोरोना टेस्ट बुथ बनाइएको बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले बताए।

बुथको निर्माणसँगै यसलाई विभिन्न अस्पतालहरुमा जडान गर्ने काम सुरु भइसकेको छ। दुवालका अनुसार हालसम्म भक्तपुर अस्पताल र जनस्वास्थ्य सेवा केन्द्रमा बुथ राखिएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell