PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

कोरोना उपचार कोषमा महान्यायाधिवक्ता कार्यालयको सात लाख सहयोग



रासस

कोरोना उपचार कोषमा महान्यायाधिवक्ता कार्यालयको सात लाख सहयोग

काठमाडौँः महान्यायाधिवक्ताको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सात लाख रुपैयाँभन्दा बढी रकम सहयोग प्रदान गरेको छ।

कार्यालयका अनुसार सरकारले स्थापना गरेको उक्त कोषमा सहयोगस्वरुप महान्यायाधिवक्ता कार्यालयमा कार्यरत कर्मचारीका तर्फबाट सात लाख १५ हजार ४५५ रुपैयाँ प्रदान गरिएको हो।  कोषमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एक महिनाको तलब बराबरको ६८ हजार ७४१ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै राजपत्राङ्कित विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम, राजपत्राङ्कित द्वितीय तथा तृतीय श्रेणीका कर्मचारीबाट पाँच दिन बराबरको तलब र अन्य कर्मचारीबाट तीन दिन बराबरको तलब कोषमा सहयोग गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell