PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्णिमामा खुलेको आकाश, यस्तो देखियो 'सुपर पिंक मून'

पूर्णिमामा खुलेको आकाश, यस्तो देखियो 'सुपर पिंक मून'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज चैत्र शुक्ल पूर्णिमा। कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले  देशव्यापी लकडाउन घोषणा गर्दा काठमाडौंमा प्रदुषण घटेको छ। आकाश खुलेको छ।  यसैबीच नेपालबाट आज यो वर्षकै सबैभन्दा ठूलो चन्द्रमा (सुपर पिंक मुन) देखियो। आकाश खुल्ला र सफा हुँदा काठमाडौंबाट प्रस्ट रुपमा सुपर मुन देखिएको छ। युरोपियन राष्ट्रहरुमा भने हिजो नै सुपर पिंक मुन देखिएको थियो।

अरु समयमा देखिने चन्द्रमा भन्दा आजको चन्द्रमा केही फरक  देखिएको हो। चन्द्रमाको रंग केही गुलावी देखिने भएकोले यसलाई पिंक मुन पनि भन्ने गरिन्छ। उत्तरी अमेरिकी राष्ट्रमा रहेका आदिवासी समुदायले अप्रिल महिनामा देखिने पूर्ण चन्द्रलाई पिंक मुन भन्ने गर्छन्। यो महिनामा गुलावी (पिंक) रंगको फूल फुल्ने भएकाले उनीहरुले यसलाई पिंक मुन भन्ने गरेका हुन्।

पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पृथ्वीको नजिक हुँदा सुपर मुन देखिन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell