PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

सरकाले खोस्यो अवैतनिक महावाणिज्यदूतको सुविधा, निलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न नपाइने



पहिलोपोस्ट

सरकाले खोस्यो अवैतनिक महावाणिज्यदूतको सुविधा, निलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न नपाइने

काठमाडौँः सरकारले अवैतनिक महावाणिज्यदूतहरुको सेवा सुविधा खोसेको छ। निर्णय अनुसार अब निलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न पाइने छैन।

परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त सुविधा खोस्ने निर्णयबारे जानकारी दिएको हो।

मंगलबार कालोबजारीको आरोपमा कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल पक्राउ परेका थिए। पक्राउपछि सुविधा स्थगन गर्न सरकारमाथि दबाब परेको थियो। लगत्तै सरकारले सबै अवैतनिक महावाणिज्यदूतको सुविधा स्थगनको निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell