PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भर्चुअल नाट्य महोत्सव : आज 'अंधेरी नगरी चौपट राजा' र 'द फ्लाइट' देखाइँदै



पहिलोपोस्ट

भर्चुअल नाट्य महोत्सव : आज 'अंधेरी नगरी चौपट राजा' र 'द फ्लाइट' देखाइँदै

काठमाडौं : 'क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६'को चौधौं दिन (आज) दुई फरक नाटक देखाइँदै छ। हाँस्यव्यङ्ग्य विधाको नाटक 'अंधेरी नगरी चौपट राजा' र 'द फ्लाइट' प्रसारण हुने भएको हो।

हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक 'अंधेरी नगरी चौपट राजा'ले विवेकहिन र निरङ्कुश शासन व्यवस्थामाथि व्यङ्ग्य गर्छ। नाटकलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले मिलेर गरेका हुन्।

नाटकमा प्रयोग हुने संगीत संयोजन पनि संगीत सापकोटाले तयार गरेका छन्।

नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आर्जेश रेग्मी, सागर दाहाल, बारात लिम्बु, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डे लगायत कलाकारको अभिनय रहेको छ।

यस नाटक दिउसो एक बजे थिएटर मलको फेसबुक पेजमार्फत् प्रसारण हुनेछ।

यसअघि नाटक कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चन भएको थियो।

त्यस्तै साँझ पाँच बजे भने डान्स ड्रामा ‘द फ्लाइट’ देखाइनेछ। मानव तस्करीविरुद्धको कथा रहेको नाटकलाई एलिज बियनले लेखन तथा निर्देशन गरेकी हुन्।

नाटकमा पशुपति राई, विजया राई, किरण श्रेष्ठ, सृष्टि महर्जन, निशिला शाक्य, सरोज श्रेष्ठ, सलमान खान गुरुङ, जेडी तमु, विक्रम श्रेष्ठ, सुशील भण्डारी लगायत कलाकारहरु छन्। यसअघिय यो नाटक कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा मञ्चन भएको थियो।

यो पनि पढ्नुस् : शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell