PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गल्ली गल्लीमा सुरक्षाकर्मी : बिहानै १३ सय जनालाई सडकमा उभ्याइयो



पहिलोपोस्ट

गल्ली गल्लीमा सुरक्षाकर्मी : बिहानै १३ सय जनालाई सडकमा उभ्याइयो

काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ सय ७८ महिलासहित १ हजार ३ सय ७८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आज बिहान ८ बजेसम्म उनीहरुलाई नियन्त्रणमा लिएको हो। लकडाउन उल्लङ्घन गर्नेको सङख्या बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

सडका खटिएका सुरक्षाकर्मीले सवारी पास लिएर हिँड्ने सवारीलाई पनि कागजपत्र भएको सवारीपास हो होइन भनेर चेक गरिरहेका छन्। नक्कली पास बनाएर हिँड्ने गरेको भेटिएपछि सुरक्षा कडा बनाइएको हो। चोकचोक देखि गल्लीगल्लीमा समेत प्रहरी खटिएका छन्।

त्यस्तै, अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्नेलाई पनि नियन्त्रणमा लिइरहेको छ। यसरी हिँड्ने मानिसलाई सडकमा तीन घण्टासम्म उभ्याएर राख्ने गरेको छ। काठमाडौंमा मात्र ४ हजार भन्दाबढी सुरक्षाकर्मी खटाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell