PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ड्रोनबाट के देख्यो प्रहरीले : लकडाउन नटेर्ने जनता कि खटिएका प्रहरीको लापर्वाही?



पहिलोपोस्ट

ड्रोनबाट के देख्यो प्रहरीले : लकडाउन नटेर्ने जनता कि खटिएका प्रहरीको लापर्वाही?

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण फैलिन नदिन सरकारद्वारा घोषणा गरेको लकडाउनको आज १७ ‌औं दिन। आउँदो वैशाख ३ गतेसम्मका लागि लकडाउन जारी छ। संक्रमण फैलिन सक्ने आँकलन देखिए फेरि पनि लकडाउनको समय सरकारले थप गर्न सक्छ। प्रधानमन्त्रीले पछिल्लो सम्बोधनमा आगामी दुई सातालाई चुनौतीपूर्ण रहेको बताइसकेका छन्।

लकडाउनलाई सफल बनाउन यतिखेर सडकमा सुरक्षाकर्मी खटिरहेका छन्। पछिल्लो समय लकडाउन उल्लङ्घन गर्नेको सङख्या पनि बढ्दै गएको छ। लाकडाउन बढ्दै जाँदा मानिसहरुको धैर्यता कमजोर हुँदै पनि गएको हुनसक्छ। त्यसैले मानिसहरुले प्रहरीको आँखा छलेर लकडाउन उल्लङ्घन गर्न थालेपछि प्रहरीले ड्रोनबाट निगरानी गरिरहेको छ।

लकडाउन अनुगमनको लागि २ वटा ड्रोनको प्रयोग गरी काठमाडौं उपत्यकामा अनुगमन गरिरहेको छ। परिस्थित अनुसार थप ड्रोनको प्रयोग हुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए। 'प्रहरीको आँखाले नदेखेको दृष्य ड्रोनले देख्छ। त्यसैले ड्रोनको प्रयोग माग अनुसार बढ्छ,' एसएसपी जोशीले भने।

उपत्यकाभित्र दैनिक करिब ३ हजार भन्दा बढी मानिस लकडाउन उल्लङ्घन गरेको अभियोगमा कारबाहीमा पर्ने गरेका छन्। आखिर प्रहरीले किन ड्रोन नै प्रयोग गर्नु पर्‍यो त? नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीका तीन तर्क यस्ता छन्।

लकडाउन देख्यो। अरुलाई पनि देखाइयो। मानिसलाई लकडाउनमा ममात्र घरभित्र हो कि जस्तो लागेको होला। तर, हामीले ड्रोनबाट खिचेको भिडियो हालेपछि हैन अरु पनि घर भित्र नै रहेछन् भन्ने भयो। यसले मानिसलाई मैले पनि उल्लङ्घन गर्न नहुने रहेछ भन्ने म्यासेज गएको जस्तो लाग्छ।

अर्को त हाम्रो सुरक्षाकर्मी खटिएको अवस्थाको जानकारी पाइयो। सबै ठाउँमा पुगेर निगरानी हुँदैन। उनीहरु आफ्नो माथिका अधिकृत आए सजक हुने अरु बेला लापरबाही गर्ने पनि हुनुसक्छ। तर, ड्रोनबाट निगरानी गर्दा उनीहरुलाई पनि थाहा हँदैन। त्यसैले आफ्नै सुरक्षाकर्मीको निगरानी पनि हुने भयो।

लकडाउन कस्तो भएको छ पनि देखाएको छ। हाम्रो समाज कस्तो छ? कतिले लकडाउन पालना गरेका छन्। कहाँ मानिस बढी निस्किएका छन्। आखाँले नदेखेको ठाउँमा पनि ड्रोनबाट हेर्न मिल्ने भयो। त्यही अनुसार सुरक्षा प्रबन्ध गर्न पाइने भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell