PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अमेरिकामा थप एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु



पहिलोपोस्ट

अमेरिकामा थप एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु

काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ। ४३ वर्षीय ङिमा तेम्बा शेर्पाको बुधवार राती न्यूयोर्क, क्वीन्सस्थित एल्महर्स्ट अस्पतालमा निधन भएको हो।

सोलुखुम्बुका स्थानीय ङिमा केही सातायता संक्रमणका कारण उपचाररत् थिए। यसअघि चार दिनअघि नै उनको निधनको खबर सार्वजनिक भएको थियो। तर, उनका दाइ लाक्पा शेर्पाले फेसबुकमार्फत् उक्त खबर गलत भएको बताएका थिए।

बुधवार राती भने उनले ङिमाको फोटो सेयर गर्दै लेखे : 'माफ गर भाइ हामीले तिमीलाई बचाउँन सकेनौं।'

युनाइटेड शेर्पा एसोसियसनले पनि उनको मृत्यु पुष्टि गरेको छ। 

यसअघि अमेरिकामा रहेका नेपालीहरु सोनाम लामा, निमा तेम्बा शेर्पा, थोक्मे बिष्ट, अनिल लिम्बुको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर सार्वजनिक छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell