PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

गएको २४ घन्टामा भारतमा कोभिड १९ ले लियो १७ जनाको ज्यान, थपिए ५ सय ४० संक्रमित



पहिलोपोस्ट

गएको २४ घन्टामा भारतमा कोभिड १९ ले लियो १७ जनाको ज्यान, थपिए ५ सय ४० संक्रमित

पछिल्लो २४ घन्टामा भारतमा १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ५ सय ४० जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।

यससँगै कोभिड १९ बाट संक्रमितको संख्या भारतमा ५ हजार ५ सय नाघेको छ। संक्रमितमध्ये ४ सय ७३ जना ठीक भइसकेका छन्। अहिलेसम्म १ सय ६६ जनाको भारतमा कोभिड १९ का कारण मृत्यु भइसकेको छ।

सबैभन्दा बढी प्रभावित बनेको छ महाराष्ट्र। त्यहाँ अहिलेसम्म १ हजार १ सय ३५ पोजेटिभ केस देखिएको छ। तामिल नाडूमा ६ सय ९० केस पोजेटिभ देखिएको छ भने दिल्लीमा ६ सय ६९ मा संक्रमण देखिएको छ। दिल्लीका २० ठाउँलाई कोरोनाको हट स्पट तोकिएको छ जहाँ मानिसलाई बाहिर जान वा भित्र जान निषेध गरिएको छ।

उत्तर प्रदेश सरकारले १५ जिल्ला सिल गरेको छ अप्रिल १५ सम्मका लागि। उत्तर प्रदेशको नोयडामा २० हटस्पट तोकिएको छ जसमा पूर्णत लकडाउन गरिएको छ।

दिल्ली, महाराष्ट्र, जम्मु र कस्मिर, चण्डीगढ, नागल्यान्ड, उडिसा र लदाकमा घरबाहिर निस्किने सबैलाई अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू गरेको छ। भारतमा लकडाउनको आज १६ औं दिन हो। भारतमा २१ दिने लकडाउन जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell