PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घरबाट टाढा औषधि वा विरामी नै लैजानुपर्‍यो तर लकडाउन छ, के छ उपाय ?



पहिलोपोस्ट

घरबाट टाढा औषधि वा विरामी नै लैजानुपर्‍यो तर लकडाउन छ, के छ उपाय ?

काठमाडौं : नियमित औषधि सकियो। अस्पताल नगइ नहुने अवस्था छ। घरभन्दा टाढै पुग्नुपर्छ यसका लागि तर लकडाउन छ। यस्तोमा के गर्ने?

लकडाउनका कारण घरबाट ननिस्कन सरकारले निषेध गरेको छ। निस्किए सडकमा खटिएका सुरक्षाकर्मीले कारबाही गरिहाल्छन्। यस्तोमा तपाईँ वा अरु आफन्त बिरामी परे। नियमित खाने औषधी सक्कियो। कुनै आपत पर्दा ननिस्की नहुने भयो। तपाईँसँग सवारी पास छैन। के गर्ने त?

लकडाउनको समयमा अत्यावश्यक कामका लागि भने सवारी लिएर निस्कन कुनै रोकतोक छैन। तर, तपाईँको आवश्यकता हो होइन भन्ने जानकारी भने प्रहरीले लिनेगर्छ। अस्पताल, बिरामीको केसमा प्रहरीले रोक नगर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले बताए।

बिरामी वा ‍औषधी लिनका लागि प्रहरीलाई खबर गरेर हिँड्न पाइन्छ। सवारी साधन हुनेहरुले १ सय ३ मा फोन गरेर आफ्नो सवारी नम्बर, जानु पर्ने रुट टिपाएपछि सडकमा खटिने सुरक्षाकर्मीले सवारी कुदाउन दिन्छन्।

'हामीलाई फोन गराएर जानकारी दिए, बिरामी र अस्पतालको केसमा छोड्छौं। फोन आएपछि हामी नै सडकमा खटिएका सुरक्षाकर्मीलाई फोन गरेर फलानो सवारीलाई छोड्न भन्छौं,' एसएसपी ढकालले भने।

तर, बिरमी भन्दै नम्बर टिपाएर गैर बिरामी निस्किए भने? कसरी प्रहरीले थाहा पाउँछ? अहिले यस्तै वाहना निकालेर अस्पतालको पुरानो रिपोर्ट र साधारण औषधी किन्ने वाहनामा पनि मानिस सडकमा निस्किने गरेको देखिएको छ। 'झुक्याउन खोज्छन् तर हामीले पनि बुझिरहेका छौं,' एसएसपी ढकालले भने। उनीहरुको हाउभाउले प्रहरीलाई चक्मा दिन सजिलो भने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell