PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

जो सडकमा दिनरात खटिएका छन् तिनकै तलब कट्टी? कुन मनोबलमा काम गर्लान् प्रहरीले?



पहिलोपोस्ट

जो सडकमा दिनरात खटिएका छन् तिनकै तलब कट्टी? कुन मनोबलमा काम गर्लान् प्रहरीले?

काठमाडौं : अहिले सडकमा सुरक्षाकर्मीबाहेक अन्य कोही कमै मात्र देख्न पाइन्छ। बिहान झिसमिसे हुदाँदेखि रातिसम्म सुरक्षाकर्मी तैनाथ छन्। सडकमा यसपटको सुरक्षाकर्मीको खटाइ अन्य समयको भन्दा फरक छ। कुनै पार्टीको बन्दको घोषणा, विशिष्ट व्यक्तिको आगमन अथवा कुनै आमसभा आन्दोलन नियन्त्रण गर्न खटिनु परेको छैन। त्यसैले भलै कुनै मानसिक र भौतिकरुपमा सुरक्षित तुल्याउनु परेको छैन। तर, खटाइ कम छैन।

सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन भए नभएको हेर्न र व्यवस्थित गर्न सुरक्षाकर्मी अहोरात्र खटिएका छन्। घर बाहिर निस्किए प्रहरीको फेला परे तीन घण्टासम्म सडकमा उभ्याउने गरेका छन्। आदेश नै मिचेर सडकमा आएकालाई तीन घण्टा कटाउन कति असहज महसुस गर्छन्? तर उनीहरुसँगै तीन घण्टा होइन १२ घण्टासम्म त्यही सडकमा खटिने प्रहरीलाई झन् के होला?

कोरोना भाइरस प्रहरी, पत्रकार, सरकारी अधिकृत भएका व्यक्तिलाई चाहिँ नसर्ने होइन। उनीहरुको बाध्यता हो सडकमा खटिनु। हातमा पञ्जा छैन, सुरक्षित उपकरण अभाव छ। तर, पनि सडकमा।प्रहरी नदेखे हुलका हुल मानिस बाहिर निस्किहाल्छन्। कति त कोरोना संक्रमणबाट आफू र परिवारलाई जोगाउन भन्दा पनि प्रहरीकै 'डर'का कारण घरभित्रै छन्। यसरी सडकमा खटिएका प्रहरीलाई खाने समय छैन। यतिसम्म कि ड्युटीमा पिसाब लाग्यो भने जाने कहाँ? अनगिन्ती समस्या छन्।

ठीक यतिखेरै उनीहरुको तलब काटिएको खबर सार्वजनिक भएको छ। सडकमा खटिएका तल्लो तहका प्रहरीको तलब काटिएपछि उनीहरुको मनोबलमा कस्तो असर पर्ला? प्रहरी प्रधान कार्यालयले बुधवार प्रहरीको तलब कटौती गरेको छ। कोरोना भाइरसको संक्रमणको रोकथाम तथा राहतका लागि सरकारले खोलेको राहत कोषमा रकम जम्मा गर्न प्रहरीको ७ दिनदेखि ३ तीनसम्मको तलब कटौती गरेको हो।

तलब कटौती सबैभन्दा मारमा तल्तो तहका प्रहरी परेका छन्। असई देखि महानिरीक्षकसम्मको तलब कटौती गरिएको हो। १० हजार भन्दा बढी असई र सईको तलब कटौती भएको छ। प्रहरी कोषबाट चार करोड रुपैयाँ सरकारी कोषमा जम्मा भएको छ। जसमा सबैभन्दा धेरै योगदान असई र सईको नै छ।

डिएसपीसम्मको तलब कटौती हेर्दा ३ करोड रुपैयाँ उनीहरुको कै योगदान देखिन्छ। प्रहरी महानिरीक्षकको सात दिनको १४ हजार रुपैयाँ १ सय ६१ रुपैयाँ कटौती हुँदा असईको तीन दिनको २ हजार ६ सय ५८ रुपैयाँ काटिएको छ।

स्वेच्छाले तलब राहत कोषमा हाल्नु ठिकै हो। तर महिना नै तोेकेर बाध्यता बस तलब काटिनु कतिको जायज हो? फ्रन्ट लाइनमा खटिएका प्रहरीको मनोबल बढाउनु पर्ने समयमा यसरी उनीहरुको तलवै कटौंती गर्दा उनीहरुको मनोबलमा कस्तो असर पार्ला? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell