PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोनासँग मिल्दो लक्षण देखियो? परामर्शका लागि अनलाइनमै छन् डाक्टर



पहिलोपोस्ट

कोरोनासँग मिल्दो लक्षण देखियो? परामर्शका लागि अनलाइनमै छन् डाक्टर

काठमाडौं : कोरोना भाइरसको लक्षणसँग मिल्दो कुनै लक्षण देखिएमा अब अनलाइनमार्फत् नै परामर्श लिन सकिने भएको छ। डक नेपालले चिकित्सकसँग भिडियोमार्फत् लिन सकिने यस नि:शुल्क 'डक्टर्स अन कल'को सुरुवात गरेको हो।

आवश्यक परामर्शका लागि डक नेपाल डट कममा गएर इमेल वा फोन नम्बरको प्रयोगमा नाम दर्ता गर्नु पर्नेछ।

दर्ता हुनासाथ विशषज्ञलाई तत्काल भिडियो कन्फरेन्समा भेटाउन सक्नेछन्। चिकित्सक र बिरामीबीचको कुराकानी हुनेछ। भिडियो कल सकिएपछि डाक्टरले आवश्यक सुझाव र सल्लाह इमेल वा मोबाइलमार्फत् पठाउने छन्।

किन थालियो अनलाइन सेवा?

लकडाउनका कारण घरमै बसेका मानिसहरुको लागि यो सेवा सुरु गरेको जनाइएको छ।

लकडाउनको समयमा कुनैपनि चिकित्सकीय समस्या समाधानका लागि भिडियोमार्फत् परामर्श दिन थालिएको हो।

नेपालका विभिन्न ठाउँमा कोरोनाको आशंकाले अस्पताल पुगेका बिरामीहरुको उपचार नगरी फर्काइएको खबर सार्वजनिक भए। एम्बुलेन्स चालकले पनि बिरामी बोक्न अस्वीकार गरेको खबरहरु छन्। नतिजा स्वरुप बिरामीको ज्यान समेत गएको समाचारहरुलाई ध्यानमा राख्दै 'भर्चुअल्ली' डाक्टरसँग भेट्न सकिने सुविधाको दिइएको विज्ञप्तीमा जनाइएको छ।

यस सेवा प्रयोग गर्ने बिरामीको व्यक्तिगत् विवरण सुरक्षित रहने दावी गरिएको छ। 'यो प्रविधिमा हामीले विकसित देशहरुमा अवलम्वन गरी, सम्पूर्ण स्वास्थ्य तथ्यांकहरुको सुरक्षा र गोपनियता सम्बन्धी नीतिलाई अनुसरण गरेका छौं।'

डाक्टलाई पनि अवसर

सेवामा बिरामीमात्र नभएर डाक्टरले पनि जोडिन पाउने जनाइएको छ। सेवा प्रदान गर्न चाहने चिकित्सकले वेबसाइट वा एप्लिकेसनमा साइन इन गर्न सक्नेछन्।

सेवा प्रदान गर्न कुनै पनि डाक्टरहरूलाई अनुमोदन गर्नुअघि उनीहरूको मेडिकल प्रमाणपत्रहरू प्रमाणित गरिनेछ। र सेवाका लागि सूचिवद्ध हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell