PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

कोभिड-१९ संक्रमित किशोरीलाई गण्डकीका मुख्यमन्त्रीको 'मल्हम'



पहिलोपोस्ट

कोभिड-१९ संक्रमित किशोरीलाई गण्डकीका मुख्यमन्त्रीको 'मल्हम'

काठमाडौं : नेपालमा अहिले ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसबाट संक्रमित भएका एकजना उपचारपछि घर फर्किसकेका छन् भने ८ जना आइसोलेसनमा छन्।

आइसोलेसनमा रहेका संक्रमित दुईजना बाग्लुङका छन्। बेल्जियमबाट कतार हुँदै नेपाल आएका दुईजनामा भाइरसको संक्रमण देखिको हो।

नेपालमा कोरोनाको दोस्रो केस देखिएकी युवती यात्रा गरेकै विमानबाट नेपाल आएकी उनीहरु हाल धौलागिरी अञ्चल अस्पतालमा उपचाररत् छन्।

यसैबीच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले संक्रमित १९ वर्षीया किशोरीसँग फोनबाट कुरा गरेका छन्। गुरुङले युवतीलाई मन दह्रो बनाउन आग्रह गर्दै आफूले बेलाबेलामा फोन गरेर उपचारको बारेमा जानकारी लिइरहेका बताए।

‘मन दह्रो बनाउनुस्। उपचारपछि युरोपका मान्छे ठीक भइरहेका छन्। डाक्टरहरुसँग कुरा भइरहेको छ। तपाईँको अवस्थामा प्रगती भइरहेको छ। म फोन गरिरहन्छु,’ उनले संक्रमित किशोरीलाई भने।

मुख्यमन्त्रीसँगको कुराकानीमा संक्रमित किशोरीले आफू ठीक रहेको बताएकी छिन्।

मुख्यमन्त्री गुरुङले भने उनको उपचारका भइरहेको प्रगतिबारेमा जानकारी लिएका थिए।

चिकित्सकसँग कुराकानी भइरहेको भन्दै गुरुङले उनलाई पूरा रोग निको भएपछिमात्रै घर जान सल्लाह दिँदै भने, ‘आनन्दले बस्नुस् आतितु पर्दैन। क्रिटिकल छैन। तीन चार पटक टेस्ट गर्नुपर्छ। १४ दिनमात्रै हैन अझै तीनचार दिन बस्नुपर्छ। रोग निख्रिँदै जान्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell