PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बलिउड कलाकारहरुको ट्वीटमा मुम्बई प्रहरीको 'फिल्मी' जवाफ



पहिलोपोस्ट

बलिउड कलाकारहरुको ट्वीटमा मुम्बई प्रहरीको 'फिल्मी' जवाफ

'हामी आशा गर्छौं कि यहाँहरु सबैजना आलिया भट्ले दिएको सुझावसँग 'राजी' हुनुहुन्छ। कृपया उहाँले भनेजस्तै तत्काल कुनै 'गल्ली' घुम्म ननिस्किइ आफ्नो 'डियर जिन्दगी'को ख्याल राख्नुस्।'

यो मुम्बई प्रहरीको आधिकारिक ट्वीटरमा लेखिएको ट्वीट हो। त्यो पनि बलिउड अभिनेत्री आलिया भट्को जवाफलाई 'कोट रिट्वीट' गर्दै। आलियाले बुधवार मुम्बई प्रहरीले सडकमा तैनाथ प्रहरीहरु बारे छोटो भिडियो फुटेज बनाएको थियो। त्यसमा आलियाले प्रहरीलाई धन्यवाद व्यक्त गर्दै सबैलाई घरभित्रै रहन आग्रह गरेकी थिइन्। त्यही आग्रहलाई प्रहरीले फिल्मी ढङ्गमा जवाफ दिएको हो। जसमा आलिया अभिनित फिल्महरुको नामको प्रयोग गरिएको छ।  

उनले जस्तै अभिनेता अजय देवगण र सुनिल सेट्टीले प्रहरीको कामको तारिफ गरे। उनीहरुले मुम्बईमा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि खटिएका प्रहरीको कामलाई सरहाना गरेका हुन्।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा यी अजयले लेखेका छन्,'टेकिङ अन कोरोना।'

उनको 'कमेन्ट'मा मुम्बई प्रहरीले फिल्मी जवाफ दियो। लेखियो – 'डियर सिंगम', हामीले त 'खाकी'वालाको जिम्मेवारी पूरा गरेका हौं। 'वन्स अपन अ टाइम इन मुम्बई'को अवस्था पहिले जस्‍तो थियो त्यस्तै बनाउन।

सिंगम, खाकी र वन्स अपन अ टाइम इन मुम्बई अजय अभिनित फिल्महरु हुन्।

अजयसँगै सुनिल सेट्टीले पनि प्रहरीको कामको प्रशंसा गरेका थिए। लेखेका थिए : 'हामीले माया गर्ने हिरोज्।'

जवाफमा उनी अभिनित फिल्मको नाम सापटी लिँदै लेखे : 'हाम्रो धड्कन यहीँ शहरको लागि त धड्किन्छ।'

कोरोना भाइरस संक्रमणविरुद्धको लडाइमा यी कलाकारहरु पनि पछाडि हटेका भने छैनन्। अजय देवगणले केही समयअघि मात्र बलिउडमा सक्रिय पर्दा पछाडिका हिरोहरु अर्थात् फिल्म सेटमा ज्याला मजदुरी गर्नेहरुका लागि ५१ लाख भारतीय रुपैयाँ सहयोग गरे। लकडाउनका कारण प्रभावित फिल्म छायाँकन लगायत कामका कारण उनीहरुको दैनिक जिविकोपार्जन अप्ठ्यारो भएको बताइएको थियो।

अजय र सुनिलसँगै आलिया भट्, अर्जुन कपुर, अभिषेक बच्चन, ऋचा चढ्डा लगायत कलकाकारले पनि प्रहरीद्वारा सार्वजनिक उक्त भिडियोको प्रशंसा गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell