PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

काठमाडौंमा फसेकालाई गाउँ जान दिइने, भोलि र पर्सि गाडीको व्यवस्था हुने



पहिलोपोस्ट

काठमाडौंमा फसेकालाई गाउँ जान दिइने, भोलि र पर्सि गाडीको व्यवस्था हुने

काठमाडौं: सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने भएको छ। लकडाउनका कारण धेरै नागरिक गाउँ जान पाएका छैनन्। गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीवार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले स्कर्टिङ गरेर उपत्यकाबाहिर जान दिनेबारे छलफल भइरहेको बताए। यसबारे आजै निर्णय हुने उनको भनाई छ। उनका अनुसार भोलि र पर्सि दुई दिनका लागि यो व्यवस्था गर्न लागिएको हो। 

'लकडाउनका कारण काठमाडौं फसेका असहाय र अरु व्यक्तिलाई दुई दिन बेलुका स्कर्टिङसहित लकडाउन पालना हुनेगरी काठमाडौंबाट बाहिर पठाइदिने हो कि भनेर छलफल भइरहेको छ। बाहिर जाने व्यवस्था हुन्छ,' मन्त्री नेम्वाङले भने।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेको छ। सुरुमा एक हप्ताका लागि घोषित लकडाउन थप दुई हप्ता बढाइएको छ। लगातारको लकडाउनले डेरा लिएर बस्नेहरु समस्यामा परेका छन्। लकडाउनले खाद्यान्न लगायत अन्य समस्या भएपछि धेरैजना हिँडरै गाउँ गइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell