PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मारवाडी युवाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दिए स्यानिटाइजिङ बुथ

मारवाडी युवाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दिए स्यानिटाइजिङ बुथ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विश्व कोरोना भाइरसको संक्रमणसँगै जुधिरहेको छ। भाइरस फैलिनबाट रोक्न विश्वकाका अधिकांश देश लकडाउनमा छ। र, फ्रन्टफुटमा काम गरिरहेका छन् चिकित्सक र स्वास्थ्यकर्मीहरु।

कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्क हुने भएकोले चिकित्सकहरुको सुरक्षाको मुख्य चुनौती बनेको छ। त्यसैले उनीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री र टेस्टिङ बुथहरु संसारभर बनिरहेका छन्। नेपालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विभिन्न उपायहरु अबलम्बन भइरहेका छन्।  

यसैबीच काठमाडौंको मारवाडी युवा मञ्चले टेकुस्थित शुक्रराज ट्रपिकल र सुरुवा रोग अस्पतालमा  कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षामा ध्यानमा राख्दै ‘सेनिटाइजिङ बुथ’ निर्माण प्रदान गरेको छ।

अस्पतालमा हाल कोरोना संक्रमति दुईजना विरामी छन्। साथै आइसोलेसनमा समेत विरामीहरु रहेका छन्। ज्वरोको विरामीको लागि छुट्टै फिभर क्लिनिक समेत संचालनमा छ।

यसले सबैभन्दा बढी चुनौती अस्पतालमा रहेका कर्मचारी र स्वास्थ्यकर्मीहरुमा पर्ने भन्दै मञ्चले स्यानिटाइजिङ बुथ निर्माण गरेर अस्पताललाई हस्तान्तरण गरिएको मारवाडी युवा मञ्चका अध्यक्ष प्रविण अग्रवालले जानकारी दिए।

अब अस्पतालभित्र प्रवेश गर्दा यो बुथ हुँदै भित्र प्रवेश गर्न सकिन्छ। बुथबाट प्रवेश गर्दा भित्र यसले पूरा शरीरलाई स्यानिटाइज गर्दछ।



ट्रेन्डिङ पोस्ट

Ncell