PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रत्येक प्रदेशमा ५ हजारको र्‍यापिड टेष्ट गरिँदै, लकडाउनको १७ ‍औं दिनसम्म २ हजार ८ सय ९५ को परीक्षण



पहिलोपोस्ट

प्रत्येक प्रदेशमा ५ हजारको र्‍यापिड टेष्ट गरिँदै, लकडाउनको १७ ‍औं दिनसम्म २ हजार ८ सय ९५ को परीक्षण

काठमाडौं : लकडाउनको १७ ‍औं दिनसम्म २ हजार ८ सय ९५ जनाको कोरोना परीक्षण गरिएको छ। राष्ट्रिय प्रयोगशाला टेकुमा २ हजार ३ सय ८२ र काठमाडौं उपत्यका बाहिर ५ सय २३ को परीक्षण गरिएको हो।

हरेक प्रदेशमा ५ हजारको र्‍यापिड टेष्ट गर्न किटहरु प्रदेश पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

देशभर क्वारेन्टाइनमा ७ हजार ९ सय ४० जना र १ सय १७ आइसोलेसनमा छन्। टेलिफोन मार्फत् आएका ३ हजार ३ सय ९५ जिज्ञासा सम्बोधन गरेको उनले बताए।

१२ हजार ८ सय ९४ जनाले मोबाइल मार्फत् कोरोना परीक्षणका लागि आवेदन गरेका छन्। त्यसमध्ये आज ५ जना रेड जोनमा परेका छन्। जम्मा रेड जोनमा पर्नेको संख्या १ सय ८० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell