PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एनएमबी बैंकले कर्णाली सरकारलाई दियो पिपिई



पी बी खड्का

एनएमबी बैंकले कर्णाली सरकारलाई दियो पिपिई

सुर्खेत : एनएमबी बैंक सुर्खेतले कर्णाली प्रदेश सरकारलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ।

बैंकको सुर्खेत शाखाका प्रबन्धक मित्रराज प्याकुरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सामग्री हस्तान्तरण गरे। कोभिड १९ विरुद्ध स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुका लागि पिपिई सामग्रीहरु हस्तान्तरण गरिएको प्रबन्धक प्याकुरेलले बताए। सबैभन्दा बढी जोखिममा रहने स्वास्थ्यकर्मीलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले देशभरका शाखा र प्रादेशिक तहमा सहयोगको सुरुवात गरेको छ।

प्रबन्धक प्याकुरेलले एक सय थान पिपिई, माक्स, स्यानिटाइजर लगायतका सामग्रीहरु प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन्। एनएमबी बैंकले केन्द्रमा सरकारलाई पनि एक करोड भन्दा धेरै रकम हस्तान्तरण गरेको जनाएको छ।

यसैबीच, आजै प्रोग्रेसिभ इन्जनियरिङ कर्णाली प्रदेशले पनि राहत वितरण गरेको छ। इन्जिनियरिङका अध्यक्ष रामचन्द्र विसीले मुख्यमन्त्री शाहीलाई ९० हजार रकम हस्तान्तरण गरे। उनले आफूहरुले गरेको थोरै भएपनि रकमले कोरोना रोकथामलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell