PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं आउन नदिने केन्द्रको तयारीप्रति प्रदेश ५ का मुख्यमन्त्रीको आपत्ति



पहिलोपोस्ट

काठमाडौंबाट बाहिर जान दिने तर काठमाडौं आउन नदिने केन्द्रको तयारीप्रति प्रदेश ५ का मुख्यमन्त्रीको आपत्ति

काठमाडौं : सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका नागरिकलाई गाउँ जान दिने निर्णयमा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले आपत्ति जनाएका छन्।

सरकारको निर्णयपछि फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले आपत्ती जनाएका हुन्। उनले 'काठमाडौंबाट बाहिर जान दिने र बाहिरबाट काठमाडौं जान दिने कुरा सत्य होइन' होला भन्दै लकडाउनलाई लकडाउन नै बनाउनुपर्ने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले लेखेका छन्, 'काठमाडौंबाट बाहिर जानदिने र बाहिरबाट काठमाडौं जान नदिने कुरा सत्य होइन होला। लकडाउनको अर्थ लकडाउननै हो। बरु बेखर्चीलाई राहत देउ।'

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेको छ। सुरुमा एक हप्ताका लागि घोषित लकडाउन वैसाख ३ गते सम्मको लागि बढाइएको छ।

गाडी नपाएपछि पैदल नै लामो यात्रामा गइरहेका बेला उच्चस्तरीय समन्वय समितिले बिहीवार गाउँ जान चाहनेलाई जान दिनेबारे छलफल अघि बढाएको थियो।

काठमाण्डौवाट वाहिर जानदिने र वाहिरवाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो। वरु वेखर्चीलाई राहत देउ।

Posted by Shankar Pokhrel on Thursday, April 9, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell