PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कारलाई एम्बुलेन्स बनाएर विरामीको उद्धारमा हिँडेका 'चार भाइ'लाई वसन्त चौधरीले दिए पीपीई



कारलाई एम्बुलेन्स बनाएर विरामीको उद्धारमा हिँडेका 'चार भाइ'लाई वसन्त चौधरीले दिए पीपीई

काठमाडौं: लकडाउनको समयमा आफ्नो निजी कारलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने समूहलाई नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तानतरण गरेका छन्।

गत सोमबार पहिलोपोस्टमा 'लकडाउनमा कारलाई एम्बुलेन्स बनाउने यी चार भाइ' शीर्षकमा समाचार प्रकाशित भएपछि चौधरीले चार जनाको समूहलाई पीपीई दिने बताएका थिए।

सुभाष श्रेष्ठ, सुधीर रेग्मी, राज श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठको ‘चार भाइ’ समूहले लकडाउन सुरु भएयता चारवटा कारलाई एम्बुलेन्सका रुपमा विरामीहरुलाई अस्पताल पुर्‍याउँदै आएका थिए। विरामी बोक्दा व्यक्तिगत सुरक्षा सामग्री प्रयोग नगरेको र अब जोहो गर्न लागेको उनीहरुले बताएका थिए।

पीपीई उपलब्ध गराउन लेखक अमृता लम्सालले चौधरीलाई आग्रह गरेकी थिइन्। चौधरीले त्यसलगत्तै पीपीई दिने गरेको वाचा अनुरुप चार भाइलाई आज पीपीई हस्तान्तरण गरेको लम्सालले बताइन्।  

यता, लकडाउनको सुरुवाती दिनदेखि विरामीहरुलाई उद्धार गर्दै आएका गाडी धनी सुभाष श्रेष्ठले थप एक कारलाई एम्बुलेन्सका रुपमा परिचालन गरेका छन्। विरामीहरुले चार भाइ समूहलाई फोन गर्ने क्रम बढेसँगै थप एक कार प्रयोगमा ल्याइएको उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell